फरक क्षेत्रमा काम गर्ने महिला बढ्दै


पोखरामा ३ जना सम्मानित

प्रकाशित मिति :2015-09-13 12:31:37

महिला खबर

पोखरा, भदौ २७ । महिला सक्तिकरणसँगै सामाजिक क्षेत्रमा क्रियाशिल चेली नेपाल नामक संस्थाले तीजको अवसर पारेर महिला सशक्तिकरणकालागि अभिमुखिकरण तथा सम्मान कार्यक्रम गरी फरक क्षेत्रका तीन महिलालाई सम्मानित गरेको छ ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग पश्चिमाञ्चलका प्रमुख सम्झना शर्माले प्याराग्याइडिङ्ग पाइलट प्रतिभा बोगटी भुजेल, ट्याक्सी चालक विष्णु कुँवर र ढुङ्गा चालक लक्ष्मी हिराचनलाई नगद र सम्मानपत्रले सम्मान गर्नुभयो ।

सम्मानपछि बोल्दै शर्माले  पुरुषकोमात्र एकछत्र दबदवा रहेको क्षेत्रमा पछिल्लो समय महिलाको सहभागिता बढ्दै जानु महिला शसक्तिकरणको सुचकाकं भएको बताउनुभयो । उहाँले परम्परागत भन्दा फरक क्षेत्रमा रहेर काम गरिरहेका महिलाको सम्मानले अन्य महिलालाई पनि यस्ता क्षेत्रमा काम गर्न प्रोत्साहन गरेको शर्माको भनाइ थियो । तीजलाई महिला उन्मुक्ति र स्वतन्त्रताको चाडको रुपमा विकास गर्नुपर्ने भन्दै शर्माले कर्तव्य सहितको अधिकारमाथि जोड दिन आग्रह गर्नुभयो ।

सम्मानित व्यक्तित्व प्रतिभा बोगटीले सम्मानले आफ्नो क्षेत्रमा अझै क्रियाशिल रहेर अन्य महिलालाई पनि प्रोत्साहन गर्ने हासला मिलेको बताउनुभयो ।

नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले अधिकार प्राप्तिकालागि महिलामा सशक्तिकरणको खाँचो औल्याउँदै सम्मानित व्यक्तित्वहरु समाजको नमुना पात्र भएको बताउनुभयो ।

शान्तिकालागि नागरिक समाज संजालका अध्यक्ष सरला कुमारी पाण्डेले महिला आन्दोलनबाट प्राप्त अधिकारलाई संस्थागत गर्न हरेक क्षेत्रका महिला अग्रसर हुन आग्रह गर्नुभयो ।

पत्रकार महासंघका केन्द्रिय सदस्य सुस्मा पौडेल,बाल गृह संजालकी अध्यक्ष राधा पौडेल,मानव मिलन नारी जागरणका अध्यक्ष सावित्रि शर्मा, नागरिक समाजका गिता बिष्टलगायतले महिला सशक्तिकरणका लागि आफूभित्रको क्षमताको पहिचान गरि समाज परिवर्तनकालागि जुट्नुपर्ने  बताउनुभयो ।

कार्यक्रममा आयोजक संस्था चेली नेपाल कास्कीकी अध्यक्ष पवित्रा थापाले सम्मानित तीन व्यत्तित्वले समाजले सोचे भन्दा फरक क्षेत्रमा रहेर सफलता प्राप्त गरेको भन्दै उनीहरू समाजका उदारणीय पात्र भएकाले सम्मान गरेको बताउनुभयो ।

प्रकाशित मिति: २०७२ भदौ २७ गते आईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: