तीजबारे व्यवसायी महिलाको धारणा


प्रकाशित मिति :2015-09-13 13:01:56

सरस्वती गुरुङ

संचारकर्मी एवं तमुधिं नेपाल वैदेशिक रोजगार विभाग प्रमुख

sarswoti gurungपाेखरा ,भदाै २७ । विनाशकारी भूकम्पले नेपालीको खुशी एकाएक लुट्यो । रहरलाग्दा बस्तिहरू उजाड बने । निराश अनि हताहत मनहरूलाई छिन्नभिन्न बनाएका मन यतिबेला विस्तारै जोडिँदैछन् । यसैको सम्मुखमा नेपाली महिलाले मनाउने पर्व तीज पनि आइसकेको छ ।

शोकलाई शक्तिमा बदलेर मनहरू जोड्न यस्ता चाडबाड सहयोगी हुन्छन् । एक धर्म जातिले अर्को धर्मजातिको चाडवाडलाई सम्मान गर्दै एकअर्काप्रतिको आत्मियता र सहिष्णुता कायम गरी भावनात्मक एकतामा जोड्न सक्नुपर्छ ।

सांस्कृतिक धार्मिक र परम्परागत महत्व र यसका सकारात्मक पक्षहरूलाई पछ्याउँदै धार्मिक सहिष्णुता कायम गरेर अगाडि बढ्नुपर्छ । महिला माथिको हिंसा र दमनकाविरुद्ध बोल्ने शक्ति यो चाडले प्रदान गरोस् । महिला स्वतन्त्रता र उन्मुक्तिको चाडको रुपमा तीज मनाइनुपर्छ ।

हिरा भट्टराई
महिला उद्यमी

hira bhattarai

तीज महिलाको लागि रमाईलो र उमङ्गको पर्व हो । यसको आफ्नै धार्मिक र साँस्कृतिक महत्व छ । समयसँगै यस पर्व मनाउने प्रचलनमा पनि परिवर्तन विविधता आएको छ ।

आजभोली रुने र रुवाउने गीतमात्रै तीज गीतको मौलिकता हो भन्न पनि त्यति नसुहाउला तर अर्कोतिर सुन्दै लाज लाग्ने गीतहरूले पनि यस पर्वको महत्व माथि खिल्ली उडाइरहेकोछ ।
यो चाडलाई महिला स्वतन्त्रता र उन्मुक्तिको चाडको रुपमा विकसित गर्नुपर्छ । उद्यमशिलता र महिला अधिकारलाई स्थापित गर्दै आफ्ना आवाजलाई गीतबाट सन्देश दिन सक्नुपर्छ ।

खाने लाउने र रमाइलो गर्ने कुरामाथि सबैको समान अधिकार र पहुँच पुग्न सकोस् । हुनेखानेको मात्रै नभइ हुँदा खानेले पनि मनाउन सक्ने साझा चाड बनोस् ।

कमला गिरी
प्रोपाइटर मेट्रोइन टुर्स एण्ड ट्रार्भल्स

kamala giri

हरितालिका तीजको आफ्नै धार्मिक र परम्परागत विशेषता छ । पार्वतीले महादेव पति पाउँ भनि गरेको तपस्या र त्यागलाई महिला अधिकार र स्वतन्त्रता लागि राम्रो उदाहरणको रुपबाट बुझ्न सकिन्छ ।

अहिले तीजलाई तडक भडक र छाडा गीतले रंग्याएको भनेर चित्रित गर्न थालिएको छ । यसको सांस्कृतिक र परम्परागत महत्वलाई नबुझि पर्वहरूलाई धमिल्याएर पाश्चात्य संस्कृतिमा रमाउने जमातलाई निरुत्साहित गर्नुुपर्छ ।

तीजका नाममा देखिएका केहि विकृतिलाई तोड्नु पर्छ । श्रीमानको दीर्घजीवनका लागि निराहार ब्रत र श्रीमानको खुट्टा धोएको पानी खाने परम्परा महिलालाई दासत्वको रुपमा लिने दासी मानसिकताको उपज हो, तीजको रुपमा मौलाएका यस्ता विकृतिलाइ पनि तोड्नुपर्छ । महिला स्वतन्त्रता र समानताको चाड सहित महिलाको साझा पर्वको रुपमा तीज मनाउनुपर्छ ।

सुस्मा पौडेल
पत्रकार महासंघ केन्द्रिय सदस्य एवं अधिवक्ता

sushma

तीज प्रति सकारात्मक धारणाको विकास जरुरी छ । हरेक कुरामा महिलालाई होच्याउने र वास्तविक अर्थ नै नबुझि विकृति उन्मुख गराउनु राम्रो होइन । स्वास्थ जनचेतना, मनोरञ्जन सँगसँगै नारी स्वत्रन्त्रता र आपसी सद्भाव नै तीजको मर्म हो ।

धार्मिक, आध्यात्मिक, साँस्कृतिक तथा सामाजिक महत्व वोकेको हाम्रो महान चाड तीज मनाइरहँदा सबैको अनुहारमा कान्ति छाउन सक्नु पर्छ । तराई पहाड हिमालका महिलामा एकताको भावना जाग्नु पर्छ ।

अर्कोतिर अहिलेका महिला दोहोरो तेहेरो जिम्मेवारीको बोझमा छन् । उनीहरूका लागि वर्षमा एक दुई दिन भएपनि तनावबाट मुक्ति गराउने स्वतन्त्र रुपमा रमाउने वातावरण तीजले प्रदान गरेकोछ ।

यो चाडलाई विकृति उन्मुख होइन, महिला अधिकार र स्वतन्त्रताको चाडको रुपमा स्थापित गर्नुपर्छ । खाने, लाउने र रमाउने वातावरण आर्थिक पाटो सँग जोडिने भएकाले महिला स्वावलम्बी र आत्मनिर्भर हुनुपर्छ भन्ने चेतनाको विकास यस्ता चाडबाडबाट हुन जरुरी छ ।

प्रकाशित मिति : २०७२ भदौ २७ गते आईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: