महिला खबर
काठमाडौं,भदौ २७ । नेत्रहीन महिला संघ नेपालको चौथो वार्षिकउत्सव तथा दोस्रो महाधिवेशन आज काठमाडौमा सम्पन भएको छ ।
महाधिवेशनले ११ जनाको नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ ।
नयाँ कार्य समितिको अध्यक्षमा सीता सुवेधी, उपाध्यक्ष इच्छा केःसी, महासचिव दिपिका शर्मा सचिव अनिता सिग्देल र कोषाध्यक्ष गौरी थापा रहेका छन् ।
महाधिवेशनको उद्घाटन गर्दै सञ्चारिकाका समूहका महासचिव कमला पन्थीले महिलाभित्र पनि सबै क्षेत्रका महिलाको समान सहभागितलाई नयाँ बन्ने संविधानमा सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।
महाधिवेशनका प्रमुख अतिथि महासचिव पन्थीले महिलाभित्र पनि नेत्रहीन महिलाका विशिष्ट समस्या छन्, त्यसलाई सञ्चारिका समूहले महत्वका साथ मिडिया मार्फत उठाउने बताउनुभयो ।
प्रकाशित मिति २०७२ भदौ २७ गते आइतवार
Comment Here!