महिलामैत्री संविधानको माग गर्दै रिले अनशन जारी


प्रकाशित मिति :2015-09-14 10:05:18

महिला खबर 

काठमाडौं,भदौ २८ । महिलामैत्री संविधान निर्माणका लागि आन्दोलनरत अधिकारकर्मी महिलाको १३ दिनदेखि जारी रिले अनशन आज पनि कायम छ ।
महिलाको क्षेत्रमा काम गर्ने करिव ५० संघ सस्था मिलेर भदौ १६ गतेदेखि दवावमूलक कार्यक्रम रिले अनशन सुरु गरेका हुन् । १३ दिनदेखि काठमाडौंको बबरमहलमा जारी रिले अनशनमा आज साथी,मिहला सुरक्षा दवाव समूह र ओरेक नेपालसँग आबद्ध महिला रिले अनशनमा बसेका छन् । लैंगिकमैत्री संविधान निर्माणका लागि साझा अभियान नाम दिइएको दवावमुलक कार्यक्रममा महिलाले १६ बुँदे माग अगाडि सारेका छन् ।

उनीहरूले संविधानको प्रस्तावनामा पितृसत्तात्मक राज्यव्यवस्था लेख्नुर्ने, प्रतिनिधि सभा र राष्ट्रिय सभामा ३३ प्रतिशत, प्रादेशिक व्यवस्थापिकामा ४० प्रतिशत, गाउँ र नगरसभामा ५० प्रतिशत सहभागिताको सुनिश्चितता र प्रमुख र उपप्रमुखमा एकजना महिला हुनुपर्ने, नगारिकतामा समान अधिकार, समान अवसर मात्र होइन पहुँच र परिणामको सुनिश्चता, घरेलु कामको मुल्याङ्कन, राष्ट्रपति र उपराष्ट्रपति तथा प्रधानमन्त्री र उपप्रधानमन्त्रीमा एक महिला हुनुपर्ने लगायतका माग राखेका छन् ।

प्रकातिश मिति : २०७२ भदौ २८ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: