प्रहरी र पुरुषबाट दुःख झेल्नुपर्छ : चालक महिला


प्रकाशित मिति :2015-09-14 12:26:13

सुजाता ढुंगाना

DSC04350काठमाडौंं, भदौ २८ । सफा टेम्पो कि चालक समिक्षा थापामगरलाई गएको वर्ष गौशलामा आफैँ हाँकेको टेम्पो ट्रफिक प्रहरीले पल्टाई दिए पछि अहिले पनि प्रहरी देख्न साथ डर लाग्छ ।

वौद्ध शंखममुलको रुटमा सफा टेम्पो चलाउँदै आएकी समिक्षाले प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरिक्षकलाई टेम्पो रोकेर साईड नदिएको भन्दै ट्राफिक प्रहरीले गालि मात्र गरेनन् टेम्पोनै पल्टाई दिए । उनलाई ट्राफिक प्रहरीले सबारी चालक महिलामाथि गर्ने व्यबहार पटकै मन पर्दैन् ।

समिक्षा मात्र हैन् सफा ट्याम्पुकै अर्का चालक विमला रिमालले सफा टेम्पो चलाउन थालेको १ दशक नाघि सक्यो तर उनले भोग्ने समस्या भने वर्षौ देखि उस्तै छन् ।

बाटोमा सडक व्यबस्थापनमा लागेका ट्राफिक प्रहरीदेखि आफ्नै सहकर्मिले हेर्ने व्यबहार उस्तै पिडादायि छन् । उनलाई घरबाट टेम्पो चलाउन सिटमा बसे देखि बेलुका घर र्फकने बेलासम्म ट्राफिक प्रहरीको दुब्र्यवाहारबाट कसरी बच्ने भन्ने कुराले सताउँछ । ‘मलाई ट्राफिक प्रहरी सडकको ब्यबस्थापनका लागि भन्दा पनि हामिलाई दुःख दिन सडकमा बसे जस्तो लाग्छ,  विमला भन्छिन् ‘गर्दै नगरेको गल्तिमा पनि कार्वाही गर्छन् ।’

समिक्षा र विमलाको मात्र यो समस्या होईन अधिकांश महिला सबारी चालक ट्राफिक प्रहरी र सहकर्मिको दुब्र्यबहार भोग्दै सबारी चलाउँछन । सार्बजनिक यातायातको साधन चलाउन सिक्न ड्राईभिङ सेन्टर पुग्ना साथ महिलालाई हेर्ने दृष्टिकोण फरक हुन थाल्छ ,ड्राईभिङ सेन्टरमा पहिलो प्रश्न नै श्रीमानले किन छोड्या तिमीलाई भनेर सोध्छन ? लामो समय देखि सबारी चलाउदै आएकी रेविका थापाले भनिर्न   यातायातको साधन चलाउन श्रीमानले नै छोड्नै पर्दैन यदि त्यस्तो हुन्थ्यो भने पुरुष सबारी चालकलाई श्रीमतिले छोडेर आएको हो भन्ने किन प्रश्न गरीदैँन ।’

जति सहज तरिकाले पुरुष सबारी चालकलाई विश्वास गरिन्छ त्यहि तरीकाले महिला सबारी चालकलाई हेर्ने दृष्टिकोण बनि नसकेको सबारी चालक महिलाहरु बताउछन । सबारी सिक्नका लागि ड्राईभिङ सेन्टर छिरे देखि नै अलग आँखाले हेर्न थालिने पेशामा महिला आपैmँले सबारी सडकमा गुड्काउनु कम्ति चुनौतिको काम होइन ।

सबारी चालक पुरुष सहकर्मिले बाटोमा साईड नदिनु , ट्राफिक प्रहरीले राम्रो व्यबहार नगर्नु र यात्रुले समेत विश्वास नगर्दा सबारी सडकमा कुदाउन समस्यानै छ ।

तर सबारी चालक महिलाका कुरामा महानगरीय ट्राफिक प्रहरी विभागका प्रहरी उपरिक्षक पोषराज पोखरेल भने ट्राफिक प्रहरीले सबारी चालक महिलालाई दुब्र्यबहार गरेको स्विकार्नु हुन्न ।  ‘महिला सबारी चालकलाई दुब्र्यवहार गरेको भन्दै एउटा पनि उजुरी ट्राफिकमा परेको छैन महानगरीय ट्राफिक प्रहरी विभागका प्रहरी उजुरी आएको छैन आयो भने पोखरले भन्नु हुन्छ उजुरी आयो भने हामि कानुन बमोजीमको कार्वाही गर्न तयार छौँ ।’ ट्राफिक प्रहरीको परिचय सहितको कार्ड साथमै हुन्छ नाम हेरेर उजुरी गर्नुहोस हामि उजुरी पर्ने वित्तिकै छानविन गरि  कार्वाही गर्न तयार छौँ ।

महिलालाई सबारी चालक पेशा तर्फ आकर्षण गन गएको महिना मात्र महिला सबारी चालकलाई ओजस्बी नेपाल ड्राईभिङ सेन्टर चावहिलले  १० जना महिलालाई १५ दिनको ड्राईभिङ तालिम दियो ।

काठमाडौं उपत्यकाका ड्राईभिङ सेन्टरमा ड्राइभिङ सिक्ने महिला पनि धेरै छन । तर सरकारी क्षेत्रबाट सबारी चालक पेशामा महिलालाई ल्याउन खासै प्रयास भएको छैन ।

यता यातायात ब्यबस्था विभागका निर्देशक मधुसुधन वुर्लाकोटि भन्छर्न  महिला सबारी चालका लागि छुट्रटै ब्यबस्था गर्न नसके पनि महिलाका लागि मात्रै छुटिटै ट्राएल कक्षाको ब्यबस्था गर्न सक्छौ ।’ तर महिला र पुरुष सबारी चालकमा यातायात ब्यबस्था विभागले विभेद गर्ने कुनै निती छैन ट्रााफिक प्रहरिको ब्यबहार र कार्वाही चित्त नबुभे यातायात ब्यबस्था विभागमा उजुरी गर्नुस हामि छानविन गर्न तयार छौ ।

काठमाडौं उपत्यकाको सडकमा अहिले करीब ३ लाख सार्वजनिक यातायातका साधन गुड्छन् । जसमा ६ सय सवारीसाधनको चालक महिला छन् । ६४ वटा रुटमा चल्ने साना तथा ठुला सार्वजनिक यातायात उनीहरुले गुडाउँछन् । यातायात ब्यबस्था विभागको तथ्यांक अनुसार आर्थिक वर्ष ०७१|०७२ को वैशाख सम्म ७ लाख ५५ हजार ५ सय ४६ सबारी साधन बाग्मति अञ्चलको बाटो भएर गुड्छन ।

प्रकाशित मिति २०७२ भदौ २८ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: