महिला खबर
सुनसरी, भदौ २८ । श्रीमतीलाई खकुरी प्रहार गरी हत्या गरेपछि झापाको तोपगाछीस्थित क्याम्पा बस्ने ५३ वर्षीय पर्शुराम रिजालले इलाका प्रहरी कार्यालयमा आईतबार आत्मसमर्पण गरेका छन् ।
खुकुरी सहित इप्रकामा आत्मसमर्पण गर्न आएका रिजालले आफूले श्रीमती मिना प्रसाई रिजालको हत्या गरेर आएको बताएपछि अनुसन्धानका लागि हिरासतमा राखेको प्रहरीले जनाएको छ । सुतिरहेको अवस्थामा आवेशमा आएर श्रीमतीको हत्या गरेको बयान उनले दिएका छन् ।
मिनाले लामो समयदेखि मादक पदार्थ खाने गरेकाले सम्झाउँदा पनि नमानेपछि आवेशमा आएर ४४ वर्षीया श्रीमतीको हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७२ भदौ २८ गते सोमवार
Comment Here!