महिला खबर
धनगढी, भदौ २८ । कैलालीमा एक दुई वर्षीया बालिका बलात्कार गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
टेलिभिजन हेर्न आएकी छिमेकी बालिकालाई १७ वर्षीय राजेश विकले शनिबार दिउसो बलात्कार गरेको प्रहरीले जनाएको छ । बालिकाको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनको यौनागंमा चोट लागेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
पक्राउ परेका युवकले अन्य बालबालिकालाई धम्की दिएर बाहिर पठाएर आफ्नी नातिनीलाई बलात्कार गरेको पीडित बालिकाका हजुरवुवाले बताए ।
उनले भने, ‘हामी सबै घर बाहिर थियौं । युवकका घरमा पनि उनी एक्लै थिए । सोही बेला टेलिभिजन हेर्दै गर्दा अन्य बालबालिका (मेरो नाती र अरू छिमेकी बालबालिकालाई) धम्की दिएर बाहिर पठाएर नातिनी (बालिका) लाई बलात्कार गरेका रहेछन ।’
बलात्कारको आरोपमा प्रहरीले सोही ठाउका १७ वर्षीय राजेश विकलाई पक्राउ गरेको छ । विकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) विश्वराज खड्काले जानकारी दिए । राजेशविरूद्ध पीडित परिवारले जिल्ला प्रहरी कार्यालय कैलालीमा लिखित उजुरी दिएका थिए ।
उनीविरूद्ध जवरजस्ती करणी गरेको अभियोगमा कारवाही अघि बढाइने डिएसपी खड्काले बताए । भदौ १७ गतेमात्रै कैलालीको चौमालामा पनि तीन वर्षीया बालिका वलात्कृत भएकी थिइन् । ती बालिकाको पनि उपचार भइरहेको छ भने उनलाई बलत्कार गर्ने अभियुक्त प्रहरीले पक्राउ गरि हिरासतमा राखेको छ । यसैगरि गएको हप्ता भोजपुरमा एक १३ महिने बालिका बलात्कृत भएकी थिइन् ।
प्रकाशित मितिः २०७२ भदौ २८ गते सोमवार
Comment Here!