नयाँ संविधान असोजमा आउँछ : एमाले महासचिव पोख्रेल


प्रकाशित मिति :2015-09-14 18:17:59

काठमाडौं,भदौ २८ । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव ईश्वर पोख्रेलले असोज ३ गते राष्ट्रपतिलाई निमन्त्रणा गरेर औपचारिक रुपमा संविधान सभाबाट नयाँ संविधान घोषणा गर्ने तीन दलका शिर्ष नेताको बैठकले निर्णय गरेको बताउनुभयो ।

पार्टी मुख्यालय धुम्वाराईमा आज सञ्चारिका समूहको नवनिर्वाचित कार्यसमितिलाई शुभकामना तथा बधाई दिन आयोजना गरिएको कार्यक्रममा बोल्दै महासचिव पोख्रेलले यस्तो बताउनु भएको हो ।असोज ३ गते भित्र मिल्न बाँकी रहेका विषयहरू मिलाएर लैजाने उहाँको भनाई थियो ।

????????????????????????????????????

महासचिव ईश्वर पोख्रेलले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिदैँ भन्नुभयो ‘नेपालको सञ्चार क्षेत्रलाई महिलामैत्री बनाउनको लागि सञ्चारिका समूहले निकै प्रसंशा योग्य काम गरेको छ,यसले निरन्तरता पाउनुपर्छ । एमालेले सक्दो सहयोग गर्नेछ ।’

उहाँले घाइते प्रहरीलाई एम्बुलेन्सबाट निकालेर कुटिकुटि मारिदा र खुलेआम देश टुक्राउने कुरा भैरहँदा, माफ गर्नु होला देशका ठूला भनिएका मिडियाहरूले जतिबोल्नु पर्दथ्यो त्यो बोलेका छैनन् भन्दै प्रश्न गर्नुभयो ।

राष्ट्रियता, सार्वभौमिकता र क्षेत्रियअखण्डतामाथि कसैले आचँ पुर्याउने कामगर्नु नहुँने भन्दै एमालेले आफ्ना तमाम एजेण्डा थाति राखेर मुलुकको सामाजिक सदभाव कायम राख्न अगाडी बढेको बताउनुभयो ।

????????????????????????????????????

एमाले केन्द्रिय कार्यालयले आयोजना गरेको सो कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष निर्मला शर्माले भन्नुभयो ‘पत्रकार महिलालाई निर्णयक तहमा पुर्याउन र उनीहरूको संख्यात्क तथा गुणात्मक विकासको लागि एमालेले मुख्य भूमिका खोल्ने आशा राखेका छौं ।’
उहाँले नयाँ बन्ने संविधानमा महिलाका अधिकार सुनिश्चित गर्न एमालेले पहल गर्नुपर्ने आग्रह समेत गर्नुभयो ।

राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिताको लागि मिडिया मार्फत सञ्चारिकाले आजाव उठाउँदै आएको छ, यसमा एमालेले सधै साथ दिनेछ भन्ने आशा सञ्चारिकाले राखेको शर्माले बताउनुभयो ।

प्रकाशित मिति २०७२ भदौ २८ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: