तीन जना महिलालाई अस्थायी पाइलटको इजाजतपत्र


प्रकाशित मिति :2015-09-15 13:07:49

कविता श्रेष्ठ

पोखरा, भदौ २९ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १०३ जना पाइलटहरूलाई अस्थायी प्याराग्लाईडीङ पाइलटको इजाजत पत्र वितरण गरेका हुन् । प्याराग्लाईडीङ पाइलटको इजाजत पत्र पाउनेमा जम्मा ३ जना महिला छन् भने अरु सबै पुरुष रहेका छन् ।
इजाजत पत्र पाउने ३ जना महिला पाइलट प्रतिभा वोगटी, तृशा श्रेष्ठ र कृशु पौडेलले हुन । उनीहरूले नेपालमै पहिलो पटक इजाजत पत्र पाएका हुन् ।
नेपाल हवाई खेलकुद संस्था (नाका) को आयोजनामा पोखरामा भएको उक्त इजाजत पत्र वितरण कार्यक्रममा नेपाल नागरीक उड्डयन प्राधिकरणका महानिर्देशक संजिब गौतमले प्याराग्लाईडीङ पाइलटहरूलाई इजाजत पत्र वितरण गर्नुभएको थियो ।
पोखराका प्याराग्लाईडीङ पाईलटहरूले पहिलो पटक एकै दिनमा १ सय ३ जनाले अस्थायी प्याराग्लाईडीङ पाइलटको इजाजत पत्र प्राप्त गरेका हुन् ।

three pilots
नेपाल नागरीक उड्डयन प्राधिकरण पोखरा नागरीक उड्डयन कार्यालयले जारी गरेको उक्त इजाजत पत्र केही दिन अघि अनौपचारीक रुपमा पोखरा नागरीक उड्डयन कार्यालयका प्रमुख दिपक बरालले नेपालको पहिलो प्याराग्लाईडीङ पाइलट राजेश वमजन सहित ४ जनाले इजाजत प्रत्र प्रदान गर्नुभएको थियो ।

हाल पोखरामा ४५ वटा प्याराग्लाइएडीङ कम्पनीहरू दर्ता भए पनि नाम आवद्ध ३५ वटा कम्पनीहरु रहेका छन । पोखरामा हाल १ सय २० जना टेण्डम (व्यावसायीक) प्याराग्लाईडीङ पाइलट मध्ये १० जना महिला पाइलट रहेका छन् भने र १ सय ५० जना सोलो (सिकारु) पाईलटहरु मध्ये ३० जना महिला रहेको नाका कार्यवाहक अध्यक्ष सोवित वानियाले बताउनुभयो । पोखरामा सन १९९६ सालदेखि प्याराग्लाईडीङ खेलको सुरू भएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७२ भदौ २९ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: