वैदेशिक रोजगारमा गएका केही महिलाले कहालिलाग्दो समस्या भोगीरहदा विदेशमै राम्रो आम्दानी गर्ने महिलाले आफ्नो र सन्तानको भविष्य राम्रो बनाउन पनि सफल भएका छन् ।
काठमाडौं,भदौ २९ । सिन्धुलीकी गंगा न्यौपाने २ वर्ष ६ महिना अगाडि घरेलु कामदारका रुपमा कुबेत पुगिन् । कुबेत पुगेकी उनलाई त्यहाँबाट साउदी पु-याएर घरेलु काममा काममा लगाइयो ।
तलबकाे कुरा गर्दा उनलाई धम्कीपूर्ण शब्दहरू आउन थाले । उनले पैसा बिना नै १ वर्ष ६ महिना काम गरिन् । पैसा नै नपाउने भएपछी उनि चुप लागेर बस्न सकिनन् । उनले साहुका अगाडी चर्को आवाव निकाल्न थालीन ।
पैसा नदिएपछी नेपाल फर्काइ दिन आग्रह गर्दा उल्टै साहुले मेरो पैसा फिर्ता देऊ अनि मात्र नेपाल फर्काइदिने सर्त साहुले गरेपछि गंगालाई समस्या प-यो । आफुले काम गरेको पैसा पाउनुको सट्टा उल्टै आफुले पैसा फिर्ता गर्ने भनेपछी उनि छक्क परिन । बल्ल उनले थाहा पाइन आफु बेचिएको । त्यहाँ बस्न सक्ने अवस्था नभएपछि उनले बारम्बार नेपाल फर्काउन आग्रह गरेपछि साहुले साउदिबाट कुबेत एजेन्टको मै फर्काइदियो ।
एजेन्टले पनि पुरानो पैसाको कुरा नगरी नँया काममा लगाइ दिने र नँया कामको मात्रै पैसा पाउने भनेपछि उनले पहिले काम गरेको पैसा पाउनु पर्ने अनि मात्रै अरु काम गर्नेे अडान लिदा उल्टै अपमान सहनु प-याे । उनले भनिन् ‘बच्चा पाल्न सात समुद्र पार गएको थिए, तलब पाईन कसरी काम गर्ने ?’
साहुले दुःख दिँदा पनि उनले हिम्मत हारिनन् । सबैका अगाडि न्याय माग्दै हिड्न थालेपछि साहुले गाडीमा राखेर अर्कै ठाँउमा लैजान लाग्दा उनि बीच बाटो बाटै भागिन । बाटोमा गाडी रोकेर साहु अफिसमा गएको मौका छोपी भागेकी उनले बाटोमा भेटिएका एकजना नेपालीको सहयोगमा दुतावास पुग्न सफल भईन । दुतावास पुगेको चार महिनापछि नेपाल आएकी उनले अहिले वैदेशिक रोजगार विभागमा आफू बेचिएको मुद्धा दर्ता गरेकी छन् ।
न्यायका लागि पुस महिनामा वैदेशिक रोजगार बिभागमा मानव बेचबिखनको निबेदन दर्ता गराएकी उनले न्याय पाउने आशामा छन् । २ बर्षको पैसा पाउने सहमती भए पनि उनले कति पैसा पाउने भन्ने विषयमा खुलाउन चाहिनन् ।
वैदेशिक रोजगारमा पु-याएको एजेन्टले नै पैसा दिने भएपछि उनले हिंसामा परेका अरू महिलालाई कानुनी लडाइ लड्न सुझाव दिएकी छन् । अरुको लहलहैमा लागेर विदेश गएर दुख पाएको भन्दै उनले अरुलाई विदेश नजान सल्लाह दिन थालेकी छिन । विदेशमा गर्ने दुख नेपालमै गर्न सके परिवरसंग बसेर पैसा कमाउन सकिने बताउँछिन ।
न्यौपाने जस्तै भगवती गौतम सिवाकोटी पनि दलालबाट बिदेश जानु भन्दा पहिले नै ठगिएकी छन । जापान जाने भन्दै नातामा बिश्वास गरेर उध्धव सिवाकोटी भन्ने ब्यक्तिलाई ८ लाख रुपयाँ दिइन । कोटेश्वरमा डेन्टल हस्पिटल चलाइरहेको छु भनेपछि विश्वास गरेर दलाललाई चिनेको १ बर्ष ६ महिना पुग्न नपाउँदै उनले पैसा बुझाएकाे बताईन । त्यो मान्छे ठग हो भन्ने थाहा पाएपछि उनि कानुनी लडाइ लड्न अगाडि बढिन ।
मुद्धा जितेको एक बर्ष भैसक्दा पनि पैसा पाउन नसकेकोमा उनि चिन्तित छन् । सरकारले उध्धव सिवाकोटीको नाममा भएको सम्पूर्ण सम्पति ल्याउन भनेको छ तर उसको नाउमा भएको गाउँको जमिन बैंकमा छ अरु हामीलाई पनि थाहा भएन भगवतिले भनिन् । उध्धव सिवाकोटीलाई प्रहरीले १० दिन थुनामा राखेको र पछि धरौटी राखी निस्केपछी सम्पर्कमा नआएको उनको भनाईछ । विदेश जाने सबै आफन्तबाटै ठगिने भन्दै उनले उध्धव सिवाकोटीले पनि आफूले चिनेको १५ जनाबाट पैसा खाएको बताइन ।
ऋण खोजेर ल्याएको पैसाको ब्याज तिर्न समस्या भएपछि उनले वैदेशिक रोजगार बिभाग बुद्धनगर नजिकै श्रीमानसंगै मिलेर लेखनदासको काम गरिरहेकी छन् । भगवति भन्छिन् ‘म देशमै ठगिए विदेशबाट ठगिएर दु:ख पाएर आइरहेका छन् त्यसैले दु:ख पाउन विदेश नजान सबैलाई अनुरोध गर्छु ।’
गंगा न्यौपाने र भगवती गौतम सिवाकोटीेले दलालबाट दु:ख पाए पनि कतिपय घरेलु कामदारको रुपमा गएका महिलाले राम्रो पनि गरिहरेका छन् । २ बर्ष ४ महिना अगाडी घरेलु कामदारको रुपमा कुबेत गएकी सरस्वती पौडेल अहिले १ महिनाको बिदामा घर परिवारलाई भेट्न आएकी छन् । बिदामा आइ पुनः श्रम स्वीकृति लिन वैदेशिक रोजगार बिभागमा पालो कुरीरहेकी उनी घरको काम भएपनि सहज भएको बताउँछिन् ।
उनले महिनाको ७५ हजार तलब हुने बताईन । घरको खाना बनाउने देखी सरसफाइसम्मको काम गर्नुपर्छ । उनले भनिन् मलाई एकदमै राम्रो छ साहु यातायातको हाकिम छ साउनी शिक्षक छोरा छोरी बिद्यालय जान्छन् घरमा म एक्लै हुन्छु घरको काम गरेर बस्छु । पोखरा घर भएकी उनी घरमा छोराछोरी पढाउन भनेर कुबेत गएकी हुन ।
उनले भनिन् जादा एउटा दिदीको सहयोगमा गएकी हु मलाई जाँदा पैसा लागेन् । कुबेत गएपछि आफूले इमान्दार भएर काम गरेकोमा साहुले तलब बढाएको बताईन । देशको अवस्था देखेर दिक्क लाग्ने सरस्वती अझ केही वर्ष उतै काम गर्ने बताउँछिन् ।
१ महिनाको बिदामा आइ पुनः श्रम स्वीकृति लिन वैदेशिक रोजगार बिभागमा पालो कुरीरहेकी भवानी केसीलाई पनि दुबैमा काम गर्दा आफ्नै घरमा काम गरे जस्तो लाग्छ । २ बर्ष अगाडी दुबै गएकी उनले भनिन् २ वटा बच्चाको हेरचाह गर्नुपर्छ ।
आफूले काम गरिरहेको पाकिस्तानी परिवारको प्रसंसा गर्दै उनले भनिन् ‘शुक्रबार हामी खाली हुन्छौ नेपाली दिदी बहिनीहरुलाई भेट्छौ ।’ उनले भनिन् धेरै दिदी बहिनीहरुलाई दु:ख पनि छ । धेरै काम गर्नुपर्छ, सुत्न पाउँदैनन् । अप्ठेरोमा परेकाहरुलाई नेपालीहरुले नै सहयोग गर्छौ । श्रीमानले छोडेपछि बिचल्लीमा परेकी उनलाई माइतीले सहयोग गरी दुबै पठाएका हुन् । ८० हजार ऋण खोजेर कुवेत पुगेकी उनले ऋण तीरेर छोराछोरीलाई पढाइरहेकी छन् । वैदेशिक रोजगारमा जाने महिलाको संख्यामा वर्षेनी बृद्धि भैरहेकोछ । आर्थिक वर्ष २०६३ —६४ मा ३ सय ९० जना महिला वैदेशिक रोजगारमा गएकोमा आर्थिक वर्ष २०७१—७२ सम्ममा भने त्यो संख्या बढेर २२ हजार २८ पुगेको छ ।
२०६३—६४ देखी २०७१—७२ सम्म वैदेशिक रोजगारमा गएका महिलाको तथ्याङ्क
आर्थिक वर्ष २०७२ —२०७३ को साउन मसान्तसम्मको पूर्व स्वीकृति लिने महिलाको संख्या ४ हजार ५ सय ६४ रहेको छ । त्यसै गरी साउन महिनामा श्रम स्वीकृति लिने महिलाको संख्या १ हजार ९ सय ४६ रहेको छ । साउन महिनामा बैद्यनिकिरण गरी श्रम स्वीकृति लिने महिला ३ सय ३४ रहेका छन् । साउन महिनामा बिदामा आइ पुनः श्रम स्वीकृति लिने महिलाको संख्या ८ सय ९३ रहेको छ । घरेलु कामदारका रुपमा महिला दुबै, मलेसीया, कतार, ओमान, साउदी अरब, कुबेत, दक्षिणकोरीया, बहराइन लगायतका देशमा जाने गरेका छन् । साउन महिनामा मात्रै दुबइ जाने महिलाको संख्या ६ सय ५४ रहेको छ ।
देशमा पर्याप्त मात्रामा रोजगारीका अवसर नहुनु नै महिला विदेशिनुको मुख्यकारण भएको वैदेशिक रोजगार बिभाग बुद्धनगरका सुचना अधिकारी बद्री कुमार कार्की बताउँछन । उनले बिदेश गएर समस्यामा पर्ने कारणहरु धेरै भएको भन्दै कतिपय अवस्थामा आफ्नै लापरवाहीले गर्दा महिलाले दु:ख पाउने गरेको बताउँछन् ।
अनुमति तथा स्वीकृती नलीइ जानु, बिश्वासीलो निकायबाट नजानु, जादाखेरी गर्नुपर्ने तयारी नगरी जानु, कुन काम गर्ने हो त्यो गर्न सकिन्छ वा सकिदैन भन्ने जानकारी अगाडि नै नलिनु, सिप नसिकी जानु, चेतनाको कमी, भने अनुसारको काम नपाउनु, पैसा नपाउनुसंगै वातावरणिय कारणहरुले गर्दा महिलाले विदेशमा दु:ख पाउने गरेको उहाँले बताउनुभयो । उँहाले यो समस्यालाई कम गर्न वैदेशिक रोजगारीको पाटोलाइ ब्यबस्थित बनाउनु पर्नेमा जोड दिदैँ अप्ठेरोमा पर्ने कमदारलाई नियमनकारी निकायले आफ्नो भूमिका अझ प्रभावकारी रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो ।
प्रकाशित मिति २०७२ भदौ २९ गते मंगलवार
Comment Here!