महिला खबर
काठमाडौं, भदौ २९ । चार महिनाको अवधिमा १९ वटा कुरीतिजन्य हिंसाका घटना सार्वजनिक भएको कुरीति अन्त्य समाज (कास) ले जनाएको छ ।
समाजले विज्ञप्ति जारी गर्दै वैशाखदेखि साउन मसान्तसम्मको अवधिमा बली प्रथा १, बोक्सी प्रथाका ४, छुवाछुतका ३, अन्तरजातिय विवाहका १, दाईजो प्रथाका २, हलियाका १, वहु–विवाहका १, छाउपडीका २, मुक्त कमैयाका १ र बाल विवाहका ३ वटा गरी १९ घटना भएको जानकारी दिएको छ ।
समाजले नागरिक, कान्तिपुर, गोरखापत्र, नयाँ पत्रिका, अन्नपूर्ण पोष्ट र नेपाल समाचार पत्रमा प्रकाशित समाचारको आधारमा रिपोर्ट तयार गर्दै आएको विज्ञप्तिमा उल्लेछ ।
प्रकाशित मिति २०७२ भदौ २९ गत मंगलवार
Comment Here!