निर्मला ठकुराठी
काठमाडाै,साउन २९ । महिला अधिकारकर्मीले संविधानमा महिलाको आत्मसम्मान सहितको कानुनी पहिचान र समान सहभागिताको मागगर्दै विगत १३ दिनदेखि काठमाडौंमा जारी रिले अनशन आजदेखि स्थगित गरेका छन् ।
महिलामैत्री संविधानका लागी साझा अभियानका तर्फबाट संयोजक डा . रेणु अधिकारीले विज्ञप्ति जारीगर्दै संविधान सभाभित्र संविधानको परिमार्जित विधेयक माथि भइरहेको छलफल र त्यसबाट आएका परिणामहरूलाई मध्यनजर गर्दै आन्दोलनको रणनीति परिवर्तन गर्नका लागि रिले अनशन स्थगित गरिएको जानकारी दिनु भएकोछ ।
संविधानको परिमार्जित विधेयकमाथि संविधानसभाभित्र भइरहेको छलफलले महिला अधिकार स्थापित गराउनका लागि आन्दोलनले गरेको मागलाई पूर्ण रुपमा सम्बोधन गर्न नसकेको ठहर गर्दै अभियानले आगामि दिनमा दबाब र वकालतका लागि भिन्न रणनीति बनाएर कामगर्ने निर्णय गरेको भण्डारीको विज्ञप्तिमा जनाइएको छ ।
महिला अधिकार तथा महिलामैत्री संविधानका लागि साझा अभियानले यहि भदौ १६ गते देखि संविधानमा महिलाको पहिचान र समान सहभागिताको माग गर्दै रिले अनशन, दबाब र्याली, सडक प्रदर्शन लगायतका विभिन्न दबाबमूलक कामहरू गर्दै आइरहेको थियो । साझा अभियानमा महिला अधिकारको क्षेत्रमाकार्यरत ५० भन्दाबढी संघ, संस्था र महिला नेता सहभागि भएका थिए ।
प्रकाशित मिति २०७२ भदौ २९ गते मंगलवार
Comment Here!