तीज महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता


प्रकाशित मिति :2015-09-16 12:24:20

महिला खबर
पोखरा, भदौ ३० । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखराको लामाचौरमा सोमबारदेखि हरितालिका तीज महोत्सव–२०७२ एवं राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।

नेपाली कला, सँस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले संस्थाको १९ औं वार्षिकोत्सवको अवसर पारी तीज महोत्सव सुरु भएको हो । स्थानीय इन्द्रराज्य लक्ष्मी उच्चमाविको प्राङ्गणमा ३ दिनसम्म चल्ने महोत्सवलाई सफल पार्न लामाचौरबासी लागिपरेका छन् ।

महोत्सवमा अन्तरमावि छात्रा भलिबल, तीज गीत प्रतियोगिता, अन्तरमावि लोकनृत्य प्रतियोगिता, नरबहादुर बानियाँ स्मृति सितरियो कराँते, महिला म्यूजिक चियर, घैँटो फुटाउने, टायरमा बल छिराउने, रस्साकस्सी, पत्रकार दौड, स्रष्टा सम्मानलगायत विभिन्न कलाकारको दिनहुँ प्रस्तुति रहने प्रचार संयोजक अर्जुन अधिकारीले जानकारी दिए ।

महोत्सव तथा भलिबल प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले उदघाटन गर्नुभयो । उहाँले स्थानीय कला सँस्कृतिको संरक्षण र खेलकुद विकासमा क्लबले पु¥याएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले लामाचौरमा संस्थाद्धारा निर्माणाधीन खेलमैदानमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने वचन दिनुभयो । संस्थाले हरेक वर्ष तीजको अवसरमा आयोजना गर्ने महोत्सवबाट संकलित रकम विभिन्न सामाजिक क्रियाकलापमा खर्चिदै आएको समाजका निवर्तमान अध्यक्ष बुद्धिबहादुर खत्री क्षत्रीले जानकारी दिनुभयो ।

प्रकाशित मितिः २०७२ भदौ ३० गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: