रचनात्मक र सिर्जनात्मक बन्दै तीज


प्रकाशित मिति :2015-09-16 13:21:06

रमला सिंगक
सुनसरी, भदौ ३० । परम्परागतरुपमा महिलाले मनाउँदै आएको तीज गतवर्ष पुर्वमा भड्किलो देखिएको थियो । भड्किलो तीज मनाउने महिलालाई लक्षित गरेर समाजमा आलोचना पनि भएका थिए । तर यसपाली पुर्वका केही सृजनशील महिलाको समूहले तीजलाई नयाँ शैलीमा मनाउने चलन बसाएपछि त्यसको प्रशंसा हुन थालेको छ ।

धरान जेसिज प्रथम महिला समूहले आर्थिकरुपमा आत्मनिर्भरताका लागि महिलाको शसक्तिकरणलाई टेवा दिने उद्देश्यले उनीहरूका उत्पादनको बजारीकरण गर्न तीन दिने तीज महोत्सव आयोजना गरे ।

te1

स्थानीय साना मध्यम वर्गीय उद्यमी महिलाले उत्पादन गरेका सामग्रीको बजारीकरण र प्रवद्र्धन गरेर महिलाको आर्थिक शसक्तिकरणमा टेवा दिन र तीजलाई भड्किलो हुनबाट जोगाउन यस्तो कार्यक्रम गरिएको संयोजक रेवा श्रेष्ठले बताउनु भयो ।

आयोजक धरान जेसिज प्रथम महिला सदस्य यसोधा कायस्थले भन्निुयभो, ‘तीज खास गरी महिलाले आफ्नो दुःख पीडासँग जोडिएको सन्दर्भमा मनाउने गरेपनि हामीले महिला शसक्तीकरणसंग जोडेर उत्सबको रुपमा मनाएका हौं ।’

उत्सवमा स्थानीय महिला समूहले खेर फालिएका प्लाष्टिकका आकर्षक सामग्री बनाएर प्रदर्शन र विक्री गरेका थिए । उक्त अवसरमा धरानस्थित लाङ्घाली वातावरण समूहका महिलाले घरायसीरुपमा प्रयोग गरिने सामग्री विक्रि गरे । इलामबाट सहभागी महिला उद्यमी विकास इकाई इलामका महिला समूहले अर्गानिक ग्रिन टि, घीउ, छुर्पीलगायत उपभोग्य बस्तुको बजार खोज्दै धरानसमम आएका थिए ।

मानवअधिकारका लागि महिला एकल महिला समूहले आफ्नो नियमित खाद्य उत्पादनका साथै गार्मेण्टको स्टल मार्फत एकल महिला प्रति घर र समाजले हेर्ने फरक दृष्टीकोण बदल्न प्रयास गरेका थिए । तीनदिने कार्यक्रम भर उनीहरूले महिला शसक्तिकरण, यौन हिंसामा आधारित नाटक र दोहोरी गीत प्रस्तुत गरेका थिए ।

वडा नागरिक मंचको आयोजनामा सम्पन्न अर्को तिज उत्सवमा राजनीतिकरुपमा समाजमा महिलाको नेतृत्व विकास गर्न र आफ्नो कुरा राख्ने शैलीबारे बहस पनि गरिएको थियो ।

धरान मनिहारी संघले फरक क्षमता भएका महिला समुदायलाई निम्तो दिएर उनीहरूको कला प्रदर्शन गराएको संयोजक रामस्वरुप शर्माले बताउनुभयो । फुलबारी आमा समूहले तीजलाई महिलाले रमाइलोमात्र नमानेर सृजनात्मक बनाउन समाजको हितमा प्रयोग गर्न सहभागी महिलालाई सुझाव नै दिएको थियो ।
तीजको अवसरमा झापाको धुलाबारीस्थित रेडियो सरगमले अन्तर सहकारीस्तरीय तीज गीत प्रतियोगिता गरेर महिलाको प्रतिभा उजागर ग¥यो । प्रतियोगितामा थोप्ले महिला कृषी सहकारी संस्था प्रथम, जीविको कृषी महिला सहकारी दोश्रो र मखमली महिला समूह तेश्रो भए । विजेतालाई क्रमश तीनहजार, दुइ हजार र एक हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।

उता ताप्लेजुङमा ‘हजारदिने आमा र बच्चाको स्वास्थ्य तथाा पोषण प्रवद्र्धन’ गर्न समावेशी तीज लोक गायन कार्यक्रम गरिएको छ । तीज पर्वलाई रमाइलोसँगै सन्देशमुलक र जनचेतनामुलक कार्यक्रम बनाउन ताप्लेजुङको सदरमुकाम फुङ्लीङमा भएको यो कार्यक्रमको आयोजक पुरुष छन् । कार्यक्रम संयोजक चिरिन्जीवि दाहालले भन्नुभयो, ‘पछिल्लो समयमा भड्किलो भएको तीज पर्वलाई सामाजिक विकृति र महिला हिंसाविरुद्ध उपयोग गर्न अलिक फरक शैलीमा मनाउन यस्ता कार्यक्रम गरिएको हो ।’ तीज पर्वलाई तडक भडकबाट जोगाउँदै सामाजिक दायित्वमुखि बनाउन सवै अग्रसर हुन पर्ने गहकिलो सन्देश ताप्लेजुङको तीज कार्यक्रमले दिएको छ ।

महिलाबीच सद्भाव कायम गराउन धरानको महेन्द पथमा आयोजित तीज उत्सवमा वडागत समितिहरूबीच प्रतियोगितासमेत गराइएको थियो । त्यसमा वडास्तरीय प्रस्तुति, सिङ्गल नृत्य प्रस्तुति, गीतबाट विजेता छनौट गरिएको थियो । सामाजिक, जातीय सद्भाव कायम गराउन तीजको अवसरमा यस्तो कार्यक्रम राखिएको संयोजक सुजेन्द्र गोलेले बताउनुभयो ।

इटहरीमा तीजको अवसरमा सासुबुहारीवीचको सम्बन्धलाई थप प्रगाढ बनाउन प्रयोगात्मक कार्यक्रम नै गरिएको थियो । उक्त कार्यक्रममा सासुले बुहारीलाई सम्मान गर्नुपर्ने र बुहारीले पनि सासुलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको थियो ।

धेरै तीज कार्यक्रममा सहभागी हुनुभएकी संचारकर्मी समेत रहनुभएकी महिला संजाल धरानकी संस्थापक अध्यक्ष गंगा पौलेलले भन्नुभयो, ‘विगतका तीज कार्यक्रम निकै भड्किला देखिएका थिए । तर यसपालीको तीजले महिलाको शसक्तिकरणमा जोड दिएको पाइयो । जुन सकारात्मक सन्देश अरुले पनि पाए होलान् ।’

प्रकाशित मितिः २०७२ भदौ ३० गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: