महिला खबर
सुनसरी, भदौ ३० । तेह्रथुमको सोल्मा घरभई धरान देउराली बस्ने जय घिमिरे भनिने ३० वर्षीय भिम बहादुर विश्वकर्मा २८ वर्षीया आफ्नै फुपूलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् ।
विकविरुद्ध जिल्ला अदालत सुनसरीमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुदमकुमार सिजापतीले बताउनुभयो ।
विकले भदौ २८ गते राती साढे नौ बजे ती महिलालाई जवर्जस्ती गरेका थिए । भोलिपल्ट तत्कालै विकविरुद्ध उजुरी परेपछि सोही दिन खोजतलास गरी पक्राउ गरिएको थियो ।
रातको समयमा आएका विकले ती महिलालाई ज्यान मार्ने डर धम्की देखाएर जवजस्ती गरेको उजुरीमा उल्लेख रहेको छ । पक्राउ परेका विकले जवर्जस्ती गरेकी महिला आफ्नो फूुपु समेत भएकाले हाडनाता करणी ऐन समेत प्रभावित हुने प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७२ भदौ ३० गते बुधवार
Comment Here!