महिला खबर
चितवन,भदौ ३१ । चितवनको सामूदायिक रेडियो अर्पणले तीजको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका पाँच जना महिलालाई सम्मान गरेको छ ।
रेडियो अर्पणले लामो समयदेखि पत्रकारिता क्षेत्रमा योगदान दिदैँ आउनु भएका सञ्चारिका समूह चितवनका अध्यक्ष सिर्जना अर्याल, गायिका निर्मला शर्मा, साहित्यकार नमुना शर्मा, महिला अधिकारकर्मी सरिता के.सी. र स्वास्थ्यमा योगदान पु-याउने डा. शारदा कुंवरलाई सम्मान गरेको हो ।
रेडियो अर्मणका कार्यकारी अध्यक्ष वेदप्रसाद आचार्यले उहाँहरू सबैलाई दोसल्ला ओढाएर कदर पत्रका साथ सम्मान गर्नुभयो । अर्पणले दिएको पुरस्कार राशी भने महिलाले चेपाङ बालबालिकाको शिक्षाका लागि दिएकाे पत्रकार सृजना अर्यालले जानकारी दिनुभयो ।
प्रकाशित मिति २०७२ भदौ ३१ गते बिहीवार
Comment Here!