कुटनीतिज्ञलाई महिला बेच्ने मानव तस्कर पक्राउ


प्रकाशित मिति :2015-09-17 13:17:43

कविता श्रेष्ठ
काठमाडौ‌‌, भदौ ३१ । वैदेशिक रोजगारीको प्रलोभनमा भारत पु-याएर दुई जान महिलालाई भारतस्थित  साउदी दुताबासका कुटनीतिज्ञलाई बेचेको ओरोपमा प्रहरीले कल्पना लिम्बु र जीतबहादुर दर्जीलाई पक्राउ गरेको छ । यी दुवै दाजु बहिनी हुन् । प्रहरीले कल्पनालाई पोखराको रामबजारबाट र जीतबहादुरलाई काठमाडौंको कपनबाट पक्राउ गरेको हो ।

कल्पनाले साउदी अरबमा घरेलु कामदारको रूपमा राम्रो तलब हुन्छ भनि आफ्नै सासुआमा र एक महिलालाई नयाँ दिल्लीस्थित नेपाली तथा भारतीय दलालहरूको गिरोहलाई बिक्री गरेकी हुन् । पीडितले दिएको बयानका आधारमा लिम्बु र दर्जीलाईे पक्राउ गरेको केन्द्रिय अनुसन्धान ब्युरोले जानकारी दिएको छ ।

केन्द्रिय अनुसन्धान ब्युरोले लिम्बु र दर्जी विरुद्ध काठमाडौं जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) अपराध ऐन अन्तरगत मुद्धा दायर गरेको छ ।  लिम्बु र दर्जीमाथि थप अनुसन्धानका लागि पाँच दिन थुनामा राख्ने प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७२ भदौ ३१ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: