राष्ट्रिय महिला भलिबलमा न्यू डायमण्डको ह्याट्रिक


प्रकाशित मिति :2015-09-17 14:14:39

जमुना वर्षा शर्मा

पोखरा, ३१ भदौ । न्यू डायमण्ड एकेडेमीले पोखराको लामाचौरमा आयोजित राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगितामा उपाधिमाथि ह्याट्रिक गर्न सफल भएको छ । बुधबार सम्पन्न खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) लाई फाइनलमा पराजित गर्दै उपाधिमा ह्याट्रिक गर्न सफल भएको हो ।
नवआदर्श सामुदायिक विकास समाजले तीजको अवसरमा हरेक वर्ष आयोजना गर्दैआएको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा डायमण्डले अघिल्लो दुई वर्षयता लगातार जीत हात पारेको छ । उपाधिसँगै उसले नगद ५० हजार रुपैयाँ, शिल्ड र मेडल पुरस्कार हात पारेको छ ।
डायमण्डसँग लगातार ३ पटक फाइनलमा भिडेको एपीएफ यसपालि पनि उपविजेतामा सीमित बन्यो । उपविजेता एपीएफले २५ हजार नगद तथा शिल्ड प्राप्त ग-यो ।
ललिता नाथको कप्तानीमा कोर्ट उत्रिएको न्यू डायमण्डले उल्लेख्य दर्शकमाझ उत्कृष्ट स्कोर खडा गर्दै च्याम्पियन बन्न सफल भएको हो ।
दुई–दुई सेट बराबरी भएपछि बेष्ट अफ फाइभमा डायमण्डले अन्तिम सेटमा १५–१० को स्कोर खडा गरेको हो । त्यसअघि उसको पक्षमा २५–२३, १८–२५, २५–२३ र २२–२५ को स्कोर बनेको थियो ।

volleyball WINNER new diamond-072 (2)
प्रतियोगितामा डायमण्डकी प्रतिभा माली उत्कृष्ट खेलाडी घोषित भइन् । फाइनलमा जादुमय प्रदर्शन गरेकी मालीले थुप्रै दर्शकबाट नगद पुरस्कार पनि पाइन् । अघिल्लो वर्ष पनि उनले सोही उपाधि जितेकी थिइन् । उपविजेता बनेको एपीएफले भने विधागत ३ उपाधि भित्रायो । विनिता बुढाथोकी वेष्ट सेटर, सरस्वती चौधरी वेष्ट स्पाइकर र रेष्मा भण्डारी वेष्ट सर्भर घोषित भइन् ।

पश्चिमाञ्चलकी पवित्रा बिसीले वेष्ट ब्लकर र नेपाल आर्मीकी सिर्जना राईले बेष्ट लिब्रो उपाधि जितिन् । बुधबार नै तेस्रो स्थानको खेलमा पश्चिमाञ्चल भलिबल संघलाई ३–२ को सेटमा पराजित गरेर नेपाल आर्मी तेस्रो बन्न सफल भयो ।

आर्मीले २५–१८, १२–२५, २५–२२, २७–२९ र १५–११ को स्कोर कायम गरी पुरस्कार स्वरुप नगद १५ हजार पायो । सान्त्वना पश्चिमाञ्चलले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त ग¥यो । पश्चिमाञ्चलकी कप्तान मञ्जु गुरुङ वुमन अफ दी म्याच बनिन् ।
भरपर्दा खेलाडीको अभावमा पनि डायमण्डको लगातार उपाधि जितबारेको जिज्ञासामा प्रशिक्षक कुमार राईले खेलाडीको आत्मविश्वास नै यसको परिणाम भएको प्रतिक्रिया दिए । एपीएफका प्रशिक्षक ज्ञानेन्द्र बिष्टले खेलमा तालमेल मिल्न नसक्दा उपाधि गुमाउनु परेको बताए ।

विजेतालाई संस्थाका मानार्थ सदस्य समेत रहेका प्रधानमन्त्रीका प्रशासकीय सल्लाहकार बाबुराम आचार्य, संस्थाका अध्यक्ष धर्ममानसिंह भण्डारी, खेल संयोजक सुशीलकुमार श्रेष्ठ, भलिबल संघका केन्द्री उपाध्यक्ष एवं जिल्ला खेलकुद विकास समिति अध्यक्ष यामबहादुर गुरुङ, संस्थाका पूर्वअध्यक्ष बुद्धिबहादुर खत्री क्षेत्री लगायतले पुरस्कार वितरण गरेका थिए । ३ दिनसम्म चलेको प्रतियोगितामा ६ टिमले भाग लिएका थिए ।

प्रकाशित मिति २०७२ भदौ ३१ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: