महिला खबर
सुनसरी,३१ भदौ । महिला हक अधिकारका लागि वकालत गर्दै आएको इटहरी तरहराको महिला सशक्तिकरण समूहको अध्यक्षमा पुनः धर्मा गिरी सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनु भएका छ ।
बुधबार सम्पन्न समूहको ९ औं साधारणसभा तथा चौथो अधिवेशनले गिरीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्ष विना शर्मा, सविता निरौला, सचिव चन्द्रकला कट्वाल, सहसचिव मेनुका गिरी, कोषाध्यक्षमा लक्ष्मी केसी चयन भएका छन् ।
सदस्यहरूमा पुण्यप्रभा गुरागाई, सबिता बिक, लक्ष्मी गिरी, कल्पना गिरी, जसु वन र शकुन्तला रहेका छन् ।
प्रकाशित मिति २०७२ भदौ ३१ गते बिहीवार
Comment Here!