लक्ष्मी दर्नाल
सुनसरी,असोज १ । दुवै मृगौला खराबभई उपचार गराई रहेकी सोनी योङयाङ लिम्वुलाई संघिय लिम्वुवान समाज कोरियाले आर्थिक सहयोग गरेको छ । अचानक दुवै मृगौला खरावभई हाल उपचार गराईरहेकी लिम्वुलाई समाजले एक लाख ६५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
२७ वर्षिया योङयाङलाई आज धरानमा रहेको चुम्लुङ हिममा एक कार्यक्रमको आयोजना गरी संघिय लिम्वुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङदेनले उक्त सहयोग राशी हस्तान्तरण गर्नुभएको हो ।
मृगौला पीडित लिम्वुको उपचारका लागि कोरियामा रहेका नेपालीले संकलन गरेर पठाएको सहयोग हस्तान्तरण गरेको लिङदेनल बताउनुभयो । लिम्वुको विराटनगर स्थित गोल्डेन अस्पतालमा उपचार भईरहेको छ भने उनको उपचारका लागि १० लाख वढी रकमको आवश्यकता रहेको उनकी दिदि सान्ताले योङयाङले जानकारी दिनुभयो ।
सोनीको दुवै मृगौला खराव भएको दुई महिना अघि मात्र थाहा भएकोले हाल उनको क्रिटीन र दुवै मृगौलाको उपचार भईरहेको शान्ता लिम्वुले बताउनुभयो । सोनीलाई मासिक ६० हजार रुपैयाँ भन्दा बढीको औषधि लाग्ने उनका परिवारको भनाईछ । कार्यक्रममा मृगौला पीडित सोनीको ज्यान बचाईदिन अन्य व्यक्तित्व र संघसंसथालाई दिदी शान्ताले अनुरोध गर्नुभएको थियो ।
प्रकाशित मिति २०७२ असोज १ गते शुक्रवार
Comment Here!