कमलरीको फेरिएको जीवन


प्रकाशित मिति :2015-09-18 16:57:06

मीना शर्मा
काठमाडौं,असोज १ । पश्चिम तराईका पाँच जिल्लामा मालिकको घरमा काम गर्दै गर्दा मुक्त भएका कमलरीको जीवनी समेटेर तयार पारिएको पुस्तक जीवन बदल्नेहरू आज विमोचन गरिएको छ।

राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले आज एक कार्यक्रमका बिच उक्त पुस्तक विमोचन गर्नु भएको हो। पुस्तक विमोचनका क्रममा बोल्दै प्रवक्ता अन्सारीले बेपत्ता भएका कमलरीको खोजीको पहल गर्ने वचन दिनुभयो। ‘जीवन बदल्नेहरू’ पुस्तक इतिहासको दस्तावेजका रुपमा रहने बताउँदै अन्सारीले भन्नुभयो ‘कमलरी मुक्तसँगै उनीहरूको पुनर्स्थापनाको लागि शिक्षा, स्वास्थ्यमा पनि ध्यान दिन सकेमात्र उनीहरू वास्तविक रुपमा मुक्त हुन सक्ने छन्।’

Kamlari

कार्यक्रममा बोल्दै सञ्चारिक समूहका अध्यक्ष निर्मला शर्माले अर्काको घरमा काम गर्ने कमलरी आज आफ्नो खुट्टामा उभिन सक्नु कमलरी आन्दोलनको महत्वपुर्ण उपलब्धी भएको बताउनुभयो। कमलरीमात्र होईन उहाँले अन्य क्षेत्रका महिलाका लागि पनि उनीहरू पे्ररणाका स्रोत बन्ने बताउनु भयो। पुस्तकमाथि टिप्पणी गर्दै अध्यक्ष शर्माले पुस्तकमा सामाजिक क्षेत्रमा सक्रिय पुर्व कमलरीको बारेमा उठाईए पनि राजनीतिमा सक्रिय पुर्व कमलरीको बारेमा चर्चा नगरिएको बताउनुभयो।

वरिष्ठ पत्रकार युवराज घिमिरेले पुस्तकमाथि टिप्पणी गर्दै जीवनमा स्वतन्त्रताको सास फेर्न पाउनु ठुलो उपलब्धी रहेको बताउनुभयो। मुक्त कमलरीको शिक्षाको पाटोलाई ध्यान दिनुपर्ने कुरामा ध्यान दिनुपर्ने उहाँको सुझाव थियो।

मालिकको घरमा काम गरेका १२ हजार कमलरीलाई उद्दार गरी विभिन्न काममा लगाईएको छ। ती मध्ये ४३ जना कमलरी सीप सिकेर विभिन्न पेशामा लागेका छन्। पश्चिम तराईका पाँच जिल्लामा कमलरीले भोग्नु परेको वास्तविकतालाई समेट्दै तयार पारिएको पुस्तकले नेपालमा रहेको कमलरीको अवस्थाको बारेमा बुझ्न सहयोग पुर्‍याउँदछ। जीवन बदल्नेहरू पुस्तकका लेखक पत्रकार दुर्गालाल केसीका अनुसार कमलरीको उद्दारपछि उनीहरूको जीवनमा सकारात्मक परिवर्तन आएको छ।

पुस्तकका अनुसार मालिकको घरमा काम गर्न बसेका २७ जना कमलरी बेपत्ता छन्। कार्यक्रममा बोल्दै मुक्त कमलरी विकास मञ्च दाङ्गकी अध्यक्ष उर्मीला चौधरीले अर्काको घरमा काम गर्न बसेका कमलरीहरु आज नेतृत्व तहमा पुग्न सफल हुन सकेकोमा खुसी व्यक्त गर्नुभयो।

हिजो प्रहरी देख्दा डराउने कमलरीहरु आज आफै प्रहरी बन्न सक्नु पनि ठुलो उपलब्धी रहेको अध्यक्ष उर्मीलाको भनाई थियो। मुक्त कमलरी मञ्चका राष्ट्रिय अध्यक्ष विमला चौधरीले पुस्तकमा संघर्ष र उपलब्धीको पाटो समेटिएको बताउनु भयो। यो पुस्तकमा पश्चिम तराईका पाँच जिल्लामा कमलरीको मात्र होईन नेपालको दासताको इतिहास समेटेको बताउनुभयो।

नेपाल युथ फाउन्डेसनका निर्देशक राजु धमलाले मुक्त भएका कमलरीलाई सक्षम बनाउनको लागि अब शसक्तकरणको पाटो महत्वपुर्ण रहेको धारण राख्नुभयो।

प्रकाशित मितिः २०७२ असाेज १ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: