चलचित्रकर्मी कल्याणकोषमा झरना थापा


प्रकाशित मिति :2015-09-18 17:00:03

कविता श्रेष्ठ
काठमाडौं, असोज १ । आपत विपतमा परेका चलचित्रकर्मीलाई आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको ‘चलचित्रकर्मी कल्याणकोष’को संयोजकमा झरना थापा चुनिएकी छिन्। नेपाल चलचित्र बिकास बोर्डकोे बैठकले झरनालाई केही समयदेखि रिक्त उक्त पदमा मनोनयन गरिएको जनाएको छ।

बोर्डले गरेको निर्णय अनुसार अभिनेत्री बसुन्धरा भुसाललाई कोष संरक्षक चुनेको छ। चलचित्र विकास बोर्डको स्थापनासँगै ‘चलचित्रकर्मी कल्याणकोष’को स्थापना भएको हो।

बोर्डले नेपाल सरकारको सहयोग तथा विभिन्न चलचित्र सम्बन्धी संघ संस्थाको सहयोग लिई कोषमा प्राप्त भएको रकमलाई अक्षयकोषमा राखी प्राप्त व्याजबाट चलचित्रकर्मीलाई आर्थिक सहयोग गर्दै आएको छ।

कोषले आर्थिक स्थिति कमजोर भएका ६ जना कलाकारलाई मासिकरूपमा ५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको जनाएको छ। साथै दुर्घटनामा परी घाइते भएका, दीर्घ रोगबाट ग्रसित तथा उपचार गर्न असमर्थ फिल्मकर्मीलाई समेत औषधी उपचार खर्च उपलब्ध गराउँदै आएको बोर्डले जनाएको छ।

प्रकाशित मितिः २०७२  असाेज १ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: