तेश्रो पटक पनि छोरी नै जन्माएको भन्दै १५ दिनकी सुत्केरी श्रीमतीको विभत्स हत्या
रमला सिंगक
सुनसरी, असोज २ । छोराको चाहना राख्दा राख्दै पनि श्रीमतीले तेश्रो सन्तानको रुपमा छोरी नै जन्माएको भन्दै धनकुटामा १५ दिनकी सुत्केरी श्रीमतीलाई शुक्रबार पतिले कुटपिट गरी विभत्स हत्या गरेका छन् ।
अंश र बंश चलाउन छोरा नै चाहिन्छ भन्ने परम्परागत धारणा राख्दै आएका धनकुटा नगरपालिका –८ बस्ने ३५ वर्षीय रस्ता वहादुर राईले ३२ वर्षीया श्रीमती शान्ति राईलाई दाउराको कचेटले टाउकोमा प्रहार गरी आखाँ फुटाइदिएर आंगनमा पछारेर हत्या गरेको प्रहरीले जनाएको छ । धनकुुटाको खुवाफोक गाविस माइती भएकी मृतक राईलाई कुटपिटको क्रममा आँखा फुटाई दिएको र घरको आँगनमा पछारिएको अवस्थामा छिमेकीले फेला पारेका थिए ।
सुत्केरी श्रीमतीको विभत्स तरिकाले हत्या गरी राई शनिबार रातीदेखि नै फरार छन् । उनको व्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ । श्रीमतीलाई टाउको र शरीरका अन्य भागमा कुटपिट गरी हत्या गरेपछि फरार भएको प्रहरीले जनाएको छ । हत्याराकाे खाेजी भइरहेकाे छ । प्रहरीका अनुसार राईको ९वर्षीया, ११ महिनाको र १५ दिनको छोरी रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मितिः २०७२ असाेज २ गते शनिवार
Comment Here!