स्कुटर दुर्घटनाबाट पत्रकार महिला घाइते


प्रकाशित मिति :2015-09-20 12:36:28

महिला खबर

असोज पोखरा ३ । सञ्चारिका समूह पश्चिमाञ्चलका कार्यसमिति सदस्य एवं फेवा टेलिभिजन रिपोर्टर सपना अधिकारी स्कुटर दुर्घटनामा परी घाइते हुनु भएको छ ।

आज विहान ११ः३० बजे पोखराबाट लेखनाथ उद्योग बाणिज्यसंघको अधिवेशनको रिपोटिङ्का लागि जाँदैगर्दा तालचोकमा स्कुटर दुर्घटना हुँदा अधिकारी घाइते हुनु भएको हो ।

घाइते अधिकारीको टाउको, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको छ । मनिपाल अस्पतालको अर्थोपेडिक वार्डमा उपचार गराईरहुनु भएका अधिकारीकोे अवस्था अहिले सामान्य रहेको हेल्थ असिस्टेन्ट शिव के.सीले जानकारी दिनुभयो ।

फेवा टेलिभिजनका क्यामरा पर्सन सन्दिप खनालसँगै ग ८ प ९२६९ नम्वरको स्कुटरमा सवार अधिकारीलाई लेखनाथको तालचोक स्थित हाइवेमा साइट लाइट नबालि स्पिडमा आएको ग ६ प ९०७२ नम्बरको बाइकले बीच बाटोमै ठक्कर दिँदा दुर्घटना भएको थियो ।
यसै बीच सञ्चारिका समूह नेपाल पश्चिमाञ्चलले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै घाइते सपनाको शिघ्रस्वास्थ्य लाभको कामना गरेकोछ ।

प्रकाशित मिति २०७२ असोज ३ गते आइतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: