महिला खबर
कैलाली, असाेज ३ । अखिल नेपाल महिला संघले अत्तरियामा दिप प्रज्वलन गरी नयाँ संविधानको स्वागत र दिगो शान्तिको कामना गरेको छ । सबै मिलेर अगाडी बढौ भन्ने नारा साथ नयाँ संविधानको स्वागतमा सुपको अत्तरियामा शनिवार दिप प्रज्वलन गरिएको हो ।
अनेम संघका जिल्ला सदस्य चुनकुमारी चौधरीले जारी हुन लागेको संविधानलाई आम नेपाली नागरिकले स्वागत गर्नुुपर्ने सुझाउनुभयो ।
नेता चौधरीले संविधान बनेपछि परिवर्तन गर्नै नमिल्ने हल्ला गलत भएको बताउँदै नसमेटिएका वर्ग,क्षेत्र, लिङ्ग र धर्मका कुराहरू संविधान संशोधन गरेर पनि समेट्न सकिने विचार व्यक्त गर्नुभयो ।
उहाँले आन्दोलनर पक्षलाई पनि वार्ताकै माध्यमबाट सहमती खोज्न र देशको विकासका लागि हातेमालो गरी अगाडि बढ्न सुझाउनुभयो ।
यसैगरी अनेम संघ केन्द्रिय सदस्य सावित्रा घिमिरेले नयाँ संविधानलाई स्वागत गर्दै देशामा दिगो शान्ति स्थापनका लागि सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा ६५ वर्षपछि नयाँ संविधान आउँन लागेकाले ६५ वटै मैनवत्ती प्रज्वलन गरिएको थियो ।
प्रकाशित मिति २०७१ असोज ३ गते आइतवार
Comment Here!