मिरा विश्व उपविजेता


प्रकाशित मिति :2015-09-20 13:40:00

ललितपुर, असोज ३ । नेपाली युवा मिरा राई सालोमन प्रिनेउ अल्ट्रा म्याराथनको विश्व उपविजेता बनेकी छन् । स्पेनमा सम्पन्न भएको दौडमा उनी महिला तर्फको विश्व उपविजेता बनेकी हुन् । उनलाई सामाजिक सञ्जाल मार्फत् विश्वभरमा रहेका नेपालीले बधाई दिएका छन् ।

राईले निर्धारित १ सय १० किलोमिटर दुरी १३ घण्टा ४३ मिनेट ४९ सेकेण्डमा पारगर्दै नेपाली झण्डा फहराएकी थिइन । यस दौडमा स्विजरल्याण्डकी इमिली फोर्सब्रगले १३ घण्टा ३९ मिनेट ३३ सेकेण्डमा पारगर्दै विश्व च्याम्पियन बनेकी छन् ।

Mira Rana

संसारकै पाँच उत्कृष्ट दौडमध्ये पर्ने सालोमन प्रिनेउ अल्ट्रा दौडमा गत वर्षकी बिजेता नुरिया प्लाकासले भने तेस्रो स्थानमा चित्त बुझाउनु परयो ।

दौडमा भाग लिएकी मिरालाई हौसला प्रदान गर्न स्पेनस्थित नेपालीहरु शनिवार बिहान ५ बजे नै उच्च पहाडी क्षेत्र बागा पुगेका थिए ।
मिराले यसअघि फ्रान्समा भएको ८२ किलोमिटरको मोन्ट ब्लङ्क म्याराथनको उपाधि जितेकी थिइन् ।

प्रकाशित मिति २०७२ असोज ३ गते आइतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: