रातो कार्ड बोकेका साहसी महिला


प्रकाशित मिति :2015-09-20 14:34:52

जमुना वर्षा शर्मा 

पोखरा,असोज ३ । पोखरामा १९ वर्षदेखि प्याराग्लाइडिङ उडान हुँदै आए पनि यहाँका पाइलटहरूले वैधानिक रूपमा लाइसेन्स पाएका थिएनन् । तर, यो समस्याबाट उनीहरू अहिले भने मुक्त भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा १ सय ३ जना पाइलटहरूलाई हालै चालक अनुमतिपत्र दिएको छ ।

लाइसेन्स प्राप्त गर्ने मध्येमा तीन जना महिला छन् । उनीहरूले लाइसेन्स प्राप्त गरेपछि पेशा प्रतिको जिम्मेवारी बढेको र व्यवसायिक यात्रा समेत फराकिलो भएको महिला खबर डटकमसँगको कुराकानीमा बताएका छन् ।

12041893_842052842578885_1631937054_n (1)

अस्थायी लाइसेन्स पाएपछि प्रफुल्ल मुद्रामा प्रतिभा भुजेलले भनिन् ‘आकाशमा उडेको कल्पना गर्नु र आफै उड्नु बीचको अन्तरलाई शब्दमा कसरी व्यक्त गरौं ? त्यो एउटा कल्पनालाई यथार्थमा परिणत गर्न आफ्नो अडान र आत्मबललाई कहिल्यै हलचल हुन् दिइन । आज त्यो इच्छाले व्यवसायिक सफलता हात पारेको छ ।’

पोखराको आकाशमा तीन वर्षदेखि लगातार व्यवसायिक उडान गरिरहेकी प्रतिभाले १९ वर्षदेखि उडान गरिरहेका पुरुष पाइलटसँगै लाइसेन्स प्राप्त गरेकी छन् । ‘यो पल मेरा लागि निकै अविस्मरणीय र सफलताको एउटा खुड्किलो हो । यसले पेसा प्रतिको जिम्मेवारी र व्यवसायिक यात्रालाई फराकिलो बनाएको छ’ भुजेलले भनिन् ।

उनले अहिलेसम्म १५ सय भन्दा बढीलाई मानिसलाई पोखराको आकाशमा उडाईसकेकी छिन् । प्रतिभा अहिले फ्लाई नेपाल प्याराग्लाईडिङ कम्पनीमा आबद्ध छिन् ।

त्यसो त सात वर्षअघि आकाशमा उड्न थालेकी तृषा श्रेष्ठले व्यवसायिक उडान थालेको एक वर्षमै लाइसेन्स प्राप्त गरिन् । साहसीक खेल प्याराग्लाइडिङ्ग प्रतिको रुचि र श्रीमानको प्रेरणाले यो क्षेत्र रोजेको तृषा बताउँछिन् । तृषा पहिलो नेपाली प्यारा पाईलट राजेश बमजनकी जीवन संगिनी हुन् । ६ वर्षसम्म एक्लै उडेकी उनले अघिल्लो वर्षबाट वयवसायिक उडान सुरु गरेकी थिईन् । सनराईज प्याराग्लाईडिङ मार्फत उनले अहिलेसम्म दुई सय भन्दा बढीलाई उडाईसकेकी छिन् ।

12021839_842053169245519_567567258_n

पोखरा लेकसाइडकी कृशु पौडेलले पनि अस्थायी उडान अनुमति पत्र प्राप्त गरेपछि यो क्षेत्रलाई व्यवसायिक रुपले अगाडि बढाउने सोचमा छिन् । ३ वर्षसम्म ब्लूस्काई प्याराग्लाईडिङ मार्फत प्रशिक्षण लिएकी उनले एक वर्ष अघि मात्रै वयवसायिक उडान थालेकी हुन् । अहिले उनी अन्नपूर्ण प्याराग्लाईडिङ कम्पनीमा आबद्ध छिन् । पेशा प्रतिको लगाव, प्राविधिक ज्ञान र आत्मविश्वासनै सफल उडानको हतियार भएको कृशुको अनुभव छ ।

व्यवसायिक उडान गरिरहेकी सुनिता थापा भने अहिले श्रीमानका साथस्पेन भ्रमणमा छिन् । नेपाल फर्किएपछि उनलाई पनि लाईसेन्स दिने नेपाल हवाई खेलकुद संस्थाका महासचिव वसन्त दवाडीले बताए । उनी फोनिक्स प्याराग्लाईडिङमा आबद्ध छिन् । दवाडीका अनुसार पोखराको आकाशमा व्यक्तिगत उडानको लागि आउने विदेशी प्यारापाईलट मध्ये २० प्रतिशत महिला छन् ।

नेपाल हवाई खेलकुद संस्थाका अनुसार हाल पोखरामा प्याराग्लाइडिङका ४० वटा कम्पनी सञ्चालनमा छन् । अझै १९ कम्पनी दर्ताको प्रक्रियामा रहेको संस्थाका कार्यवाहक अध्यक्ष शोभित बानियाँले बताए ।

प्रकाशित मिति २०७२ असोज ३ गते आइतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: