संविधानले महङ्गी घटाओस, शान्ति ल्याओसः महिला


प्रकाशित मिति :2015-09-20 14:55:32

निर्मला ठकुराठी

काठमाडाैं  असोज ३ । लामो समयको पर्खाइपछि आज साँझ देशमा संविधान आउँदै छ । संविधानले महिलाका लागि  उल्लेखनीय  व्यवस्था गर्न नसकेको भन्दै एकातिर विरोध भईरहँदा संविधानलाई स्वागत गर्दै नयाँ भविष्य कोर्ने भन्दै खुसी हुनेहरू पनि उत्तिकै छन् । संविधानले नागरिकको हक अधिकार सुनिश्चित गर्ने भन्दै काठमाडा‌‌‍ै‌का सर्वसाधारण महिलाले खुसी ब्यक्त गरेका छन् । अबको संविधानले नागरिकको हक अधिकार सुनिश्चित गरि देशमा हुने गरेको बन्द हड्तालको अन्त्य हुने र महङ्गी जस्ता समस्या समाधान गर्ने कुरामा महिला आशावादी देखिएका छन् ।

IMG_20150920_122149आज संविधान आउन लागेकोमा खुसी ब्यक्त गर्दै काठमाडौं की अञ्जना श्रेष्ठले भन्नुभयो ‘बच्चादेखि बृद्धसम्मका व्यक्तिका लागि नयाँ संविधानबाट अधिकार प्राप्त हुनुपर्दछ ।’ पछाडी पारिएका महिलालाई अधिकार दिई महिलालाई अगाडी बढाउन संविधानले महत्वपुर्ण भूमिका खेल्नु पर्ने उहाँको धारणा थियो । शहरका महिला भन्दा गाँउका महिला  धेरै पछाडी परेकाले उनीहरूले समान अनुभूति गर्ने खालको नयाँ संविधान आउने कुरामा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो ।

धेरै जसो महिला आफ्ना हक—अधिकार बारे अनभिज्ञ रहने हुँदा अब महिलालाई संविधानमा सुनिश्चित भएका आफ्ना हक—अधिकार बारे जानकारी गराउनु पनि आवश्यक रहेको उँहाको सुझाव थियो । आमाको नामबाट नागरिकता पाउनुपर्ने कुरालाई जोड दिँदै उँहाले सबै कुरा एकै चोटी पुरा गर्न अप्ठेरो हुने भन्दै यसलाई बिस्तारै सहज बनाउदै लैजानु पर्ने बताउनुभयो ।

IMG_20150920_124448अञ्जना जस्तै सरस्वती भण्डारी पनि नयाँ संविधानलाई स्वागत गर्न तयार  हुनुभएको छ । उँहाले नयाँ संविधानमा भएका हरेक कुरा लागु हुन सके महिलाका लागि राम्रो वातावरण बन्ने बताउनुभयो । विशेष गरी महिलालाई अधिकार दिनका लागि नयाँ संविधानले महत्वपुर्ण भुमिका खेल्नु पर्नेमा उँहाको जोड थियो । बलात्कार जस्ता जघन्य अपराधविरुद्ध अबको संविधानले कडा भन्दा कडा सजायको व्यवस्था गरी लागु गर्न सफल हुनुपर्ने उँहा सुझाउनुहुन्छ ।

सुलोचना ब्यञ्जनकार नयाँ संविधानले देशमा अमन चयनको अनुभूती गराइ शान्ति सुरक्षा कायम गर्ने कुरामा आशावादी रहेको बताउनुभयो । ‘अहिले दिनहुँ भैरहेका काटमारका घट्ना अबको संविधानले रोकोस । यस्ता घटना रोक्न अपराधी र दोषीलाई कडा कावाृही हुनुपर्छ उहाँ भन्नुहुन्छ ।’

 सरिता शाही आफू जस्ता घरको काममा सिमित रहने महिलालाई सहयोगी संविधानको कामना गर्नुहुन्छ । उहाँले भन्नुभयो ‘हामी त घरको काममात्रै जान्छौं, संविधान बारे धेरै थाहा छैन ।’ नयाँ संविधानले महङ्गी नबढाओस, ग्यासको सहज आपुर्ति होस, बन्द हड्ताल नहोस भन्ने  आफ्नो इच्छा रहेको उँहाको भनाइ थियो ।

प्रकाशित मिति: २०७२ असोज ३ गते आईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: