महिला खबर
काठमाडौं असोज ३ । । नेपालले आज जनताको प्रत्यक्ष सहभागितामा बनेको संविधान पाएको छ । राष्ट्रपति डा.रामवरण यादवले संविधानसभा भवन नयाँ बानेश्वरबाट औपचारिक रुपमा ‘नेपालको संविधान २०७२’ जारी गर्दै नयाँ संविधान प्रारम्भ भएको घोषणा गर्नुभयो ।
राष्ट्रपति यादवले बेलुका संविधान सभामा आयोजित बिशेष कार्यक्रमबीच संघीय गणतान्त्रिक नेपालको नयाँ संविधान जारी गर्दै लागू भएको घोषणा गर्नु भएको छ ।
सभाध्यक्ष सुभाष नेम्वाङले प्रमाणीकरण गरेको पाँच प्रति संविधानलाई राष्ट्रपतिले हस्ताक्षर गर्दै नयाँ संविधान लागू भएको घोषणा गर्नुभएको हो ।
स.विधान जारी भएपछि बोल्दै राष्टपति यादवले सात दशकको जनताले आफैँ संविधानको चाहना पुरा भएको बताउनुभयो । उहाँले यो संविधानले हिमाल, पहाड, तराई, मधेशका आम नागरिकताको चाहना पुरा गरेको स्पष्ट पार्नुभयो । उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनको उपलब्धि संस्थागत भएको भन्दै यो गतीशील दस्तावेज भएकाले भविष्यमा यसले असन्तुष्ट आवाजलाई पनि समेट्ने विश्वास दिलाउनु भयो । ‘नेपालको संविधान २०७२’ मा ३५ वटा भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् ।
‘नेपालको संविधानको परिमार्जित विधेयक २०७२’ लाई गत भदौ ३० गतेको संविधानसभाबाट पारित गरी असोज १ गते सभासद्को हस्ताक्षरपछि सभाध्यक्षले प्रमाणीकरण गर्नु भएको थियो ।
नयाँ संविधानले आम नेपाली जनताको लागि खुसीको कुरा हो । तर, झण्डै सात दशक लामो इतिहासपछि जारी गरिएको सबैभन्दा लोकतान्त्रिक र प्रगतिशील भनिएको ‘नेपालको संविधान २०७२’ ले पनि नेपाली महिलालाई अधिकार दिन सकेन् ।
नँया संविधान जारी भएको खुसियालीमा उपत्यकाको विभिन्न चोकहरूमा सर्वसाधारण भेला भएर दिप प्रज्वलन गरी स्वागत गरेका छन् ।
प्रकाशित मिति २०७२ असोज ३ गते आईतवार
Comment Here!