निर्मला ठकुराठी
काठमाडौं,असोज ४ । नयाँ संविधान जारी भएको खुसियालीमा सरकारले आयोजना गरेको विशेष स्वागत समारोहलाई बिभिन्न पार्टीकाशीर्ष नेताहरूले सम्बोधन गरेका छन् ।
सैनिक मञ्च टुँडिखेलमा आज भएको सभामा बिभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, सरकारी कर्मचारी, नागरिक समाज, मानव अधिकारकर्मी, महिला अधिकारकर्मी लगायत सर्वसधारणको उल्लेखनिय सहभागिता रहेको थियो ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि एकताको सन्देश दिन राजनीतिक दलका नेताहरूले यो विशेष सभाको आयोजना गरेको बताएका छन् ।
संविधान जारी भएको खुसीयालीमा सर्वसाधारण जनता काठमाडौंका विभिन्न भागबाट जुलुस सहित सभामा सहभागि भएका थिए ।
सरकारको आयोजनामा निकालीएको र्याली काठमाडौंको भद्रकालीबाट सुरुभई सैनिक मञ्चमा गएर आम सभामा परिणत भएको थियो ।
र्यालीमा विभिन्न समूदायका जनताले आ–आफ्नो भेषभुषा झल्कने पहिरन तथा बाजागाजा सहित सहभागि भएका थिए ।
बिभिन्न कार्यालय तथा संघ संस्थाबाट छुट्टाछुट्टै ब्यानर सहितका र्याली मञ्चमा पुगेपछी मञ्च रङ्गी चङ्गी देखिएको थियो । नयाँ संविधानको स्वागत समारोहमा महिलाको पनि सक्रीय सहभागिता रहेको थियो ।
आफ्नो पहिचान झल्कने पोसाकमा र्याली संगै मञ्चमा पुगेका महिलाले नयाँ संविधान बनेकोमा एकअर्कालाई बधाई दिँदै खुसी साटेका थिए । नयाँ संविधानले थोरै मात्रामा भएपनि बिभेदको अन्त्य गर्ने भन्दै समतामुलक समाज निर्माणका लागि यो संविधानलाई कोशे ढुङ्गा साबित गर्नुपर्ने तर्क गरे ।
प्रकाशित मिति २०७२ असोज ४ गते सोमवार
Comment Here!