रमला सिंगक
सुनसरी, असोज ५ । तेश्रो पटक पनि छोरी नै जन्माएको भन्दै १५ दिनको श्रीमतीको हत्या गरी फरार रहेको पाँच दिनपछि ३५ वर्षीय रस्तावहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ ।
३२ वर्षीया श्रीमती शान्ति लिम्बु (राई)को विभत्स हत्या गरी फरार रहेका उनलाई धनकुटाको स्थानीय जंगल याक्तेमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको प्रहरी उपपरिक्षक भूपतिराज पाण्डेले बताउनुभयो । आमाको हत्या र बाबु जेल जाने निश्चित भएकाले तीन अवोध र टुहुरा बालिकाको विचल्ली हुने भएको छ ।
घर परिवार, छरछिमेकीले समेत अंश र वंश निरन्तरताका लागि छोरा नै चाहिने पम्परागत मान्यता राख्दा यस्तो घट्ना भएको हो । राईले श्रीमतीलाई शुक्रबार कुटपिट गरी विभत्स हत्या गरेका थिए । राइर्को पक्राउ पछि आवश्यक अनुसन्धान गरेर जेल चलान गर्ने प्रहरीले जनाएको छ ।
वैदेशिक रोजगारबाट दुई वर्ष अघि नै आएका रास्तावहादुरले श्रीमतीलाई दाउराको कचेटले टाउकोमा प्रहार गरी आँखा फुटाइ आँगनमा पछारेर हत्या गरेको प्रहरी समक्ष स्वीकारेका छन् । धनकुुटाको खुवाफोक गाविस माइती भएकी राईलाई घरको आँगनमा मृत अवस्थामा छिमेकीले फेला पारेका थिए ।
प्रहरीका अनुसार राईका ९ वर्षीया, ११ महिनाको र १५ दिनका गरी ३ जना छोरी छन् । हत्या गर्ने दिन ठूली छोरीलाई उनले आफू भारत जाने तयारी गरेको बताएका थिए । बाबुले सुत्केरी आमालाई कुटपिट गर्दै आँगनमा पछारेको देखेकी उनले आफूलाई पनि मार्ने डरका कारण केही बोल्नै नसकेको बताएकी छिन् ।
थप समाचार
तेश्रो पटक पनि छोरी नै जन्माएको भन्दै १५ दिनकी सुत्केरी श्रीमतीको विभत्स हत्या
प्रकाशित मिति: २०७२ असोज ५ गते मंगलवार
Comment Here!