संविधान जारी भएको उल्लासले छोएन राजी महिलालाई


प्रकाशित मिति :2015-09-22 14:07:32

खेमा बस्नेत

कैलाली, असोज ५ ।  ‘नेपालको संविधान २०७२’ जारी भएको हर्षोल्लास चारैतिर थियो । असोज ३ गते राष्ट्रपतिले संविधान जारी गरेपछि असोज ४ गते अर्थात सोमबार विभिन्न ठाउँमा र्‍याली, चियापान गरी नयाँ संविधानको स्वागत हुँदै थियो । तर, कैलालीको खुटिया खोला किनारमा भने ३ गते अघिकै सुनसान छाएको छ । जहाँ निुमखा महिलाका निर्दोष हात ढुङ्गा र गिट्टीसँग संघर्ष गर्दै थिए ।

वर्षौदेखि खुटिया खोला किनारमा ढुङ्गा फुटाएर गिट्टी बेच्दै आएकी वल्मी निवासी चौठी साउँदलाई नयाँ संविधानले कत्ति पनि छोएको छैन । न उनलाई कसैले हाम्रो संविधान हो, खुसियाली मनाउनु पर्छ नै भनेका छन् ।

तस्वीर \कैलालीको खुटिया  नदी किनारमा गिट्टी कुट्दै चौठी

तस्वीर \कैलालीको खुटिया नदी किनारमा गिट्टी कुट्दै चौठी

 कसैले भनेको भए पनि उनलाई फरक  पर्दैनथ्यो ।  किनकी चौठी जस्ता निमुखा श्रमजीवि महिलालाई पेट पाल्नै धौ धौ छ । संविधान आउनु नआउनुसँग उनीहरूलाई कुनै चासो छैन ।

‘संविधान भनेको के हो ? हामीलाई त थाहा छैन नानी’ ढुङ्गा फुटाउन उठाएको हतौडी रोकेर उनले भनिन् – यो आएपछि के हुन्छ, ‘यसले के दिन्छ हामीलाई ?’
हरेक विहान खाना खाएर उनी आफ्ना श्रीमान नरी साउँदसँगै गिट्टी कुट्न खुटिया किनार पुग्ने गर्छिन् । खुटिया पुल छेउमा रहेको बाँझो जमिनमा रहेको छहारीको आड लिएर उनी काम गर्छिन् ।

खुटिया छेउको बाँझो जमिनमा गिट्टी फुटाएर पेट पाल्दै आएका थुप्रै महिला छन् ।
आईतवार संविधान जारी भयो । सोमबार सवै संविधान आएकोमा खुशीयाली मनाउन तयारी गरिरहेका बेला उनीहरू पहिले जस्तै सबैजना गिट्टी फुटाउन विहानै पुगिसकेका थिए । उनीहरूलाई देशमा संविधान आओस या नआओस कुनै मतलब छैन । मतलब छ त आफ्नै काम र दिनचर्यासँग ।

‘हामीलाई कसरी दिन गुजारा गर्ने भन्नेमात्रै चिन्ता छ’ अर्की सुनकलीले भनिन् ‘गिट्टी फुटाउन सकिएन भने छाक टर्दैन । हामीलाई संविधानले के दिन्छ ?’
गिट्टी वेचेर कमाएको पैसाले घर खर्च चलाउने र केटाकेटीको पढाई खर्च जुटाउने गरेको उनीहरुको भनाई छ । फुटाएको गिट्टी एक हजार प्रतिघन मिटरका दरले  वेच्ने गरेको चौठीले बताइन् । उनले यसैबाट आफ्नो नुनतेलको खर्च जुटाउँदै आएको उनले बताइन् ।

तस्वीर\ कैलालीको चौमाला ९ राजी वस्ती

तस्वीर\ कैलालीको चौमाला ९ राजी वस्ती

उनले एक महिनामा दुई घनमिटरसम्म गिट्टी फुटाउँछिन्  । गिट्टी किन्न ट्याक्टर लिएर ग्राहक उनीहरूकहाँ नै आउँछन् ।

कैलालीको चौमाला ९ राजी बस्तीकी २७ वर्षीया हसिना राजी   सोमबार घरमा केटाकेटीसँगै थिइन् । राजीका श्रीमान्ले रेडियो सुनेर भएपनि संविधान आयो भन्ने थाहा पाएका रहेछन् । तर, राजीलाइृ यसवारे कुनै चासो थिएन । ‘श्रीमान दिर्घ राजी भन्दै थिए’  ‘संविधानले के गर्ने हो भनेर हसिनाले सोधिन् ।’
त्यसैगरी स्थानीय वसन्ती राजीले आफूहरूलाई संविधान के हो भन्ने  जानकारी नै नभएको बताइन् । राजी वस्तीमा कसैको घरमा टिभी नभएकाले उनले संविधानका बिषयमा केही  खबर पाउन नसकेको बताइन् ।

‘हामीहरूले कसरी देख्ने ? घरमा टिभी छैन्,’ स्थानीय वसन्ती चौधरीले भनिन् ‘ ब्याट्री किन्न पैसा नभएर रेडियो त्यसै फालेको छ ।’
अल्पसंख्यकका रुपमा रहेका राजी समुदाय  वनजंगलमै आश्रित सुमदायका रुपमा चिनिन्छ । पछिल्लो समयमा वनजंगल र खोलानालामा लगाएको प्रतिवन्धका कारण उनीहरूको पेशा र जिविका संकटमा पर्दै आएको छ । पुरुषहरू फाट्टफुट रुपमा मजदुरी गर्दै आएपनि महिला भने केटाकेटीको हेरचाह र घरायसी काममै दिन विताउँछन् । उनीहरूमा शैक्षिक, सामाजिक र आर्थिक चेतना अभावका कारण जिविकाका लागि आधार समेत पाएका छैनन् ।

प्रकाशित मितिः २०७२ असाेज ५ गते मङ्गलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: