महिला खबर
काठमाडौं,असोज ६ । प्रेस काउन्सिल नेपालले ४६ औं बार्षिकोत्सवमा ४६ जना पत्रकारलाई सम्मानित गरेकाे छ । सम्मानित हुनेमा ८ जना पत्रकार महिला रहेका छन् ।
पुरस्कृत हुने पत्रकार महिलामा सुनिता रेग्मी, भारती चौधरी, शुभेच्छाविन्दु तुलाधर, मधु शाही, कल्पना आचार्य, भारती उपाध्याय, दुर्गा अधिकारीलगायतका रहेका छन् । काउन्सिलले २ जना कर्मचारीलाई पनि पुरस्कृत गरको छ ।
प्रेस काउन्सिलले क्रियाशील पत्रकारिता पुरस्कार, सशक्त लेखन पत्रकारिता, युवा सशक्तिकरण , समावेशी, सशक्त सञ्चारकर्मी , महिला सशक्तिकरण, भाषागत पत्रकारिता, स्तम्भ लेखन साहित्यिक, आचारसंहिता र गोपालदास पत्रकारिता पुरस्कारलगायतका विधामा ३५ युवा र ११ अग्रज पत्रकारलाई सम्मान गरेको हो ।
यो वर्षको गोपालदास पत्रकारिता पुरस्कार उदयपुरका पत्रकार कौशल चेम्जोङले पाउनु भएको छ । यो पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको छ ।
प्रकाशित मितिः २०७२ असोज ६ गते बुधवार
Comment Here!