लोकतान्त्रिक आन्दोलनका प्रभावशाली व्यक्तित्व सहाना


प्रकाशित मिति :2015-09-23 17:35:19

कविता श्रेष्ठ
काठमाडौ,असोज ६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीले नेपालमा लोकतान्त्रिक विधिवाट संविधान जारी भएको बताउनुभएको छ । उहाँले समृद्ध नेपाल बनाउन हिमाल,पहाड र तराईका नेपाली एकजुट भएर लाग्न आग्रह गर्नुभयो ।
सहना प्रधानको प्रथम स्मृतिमा काठमाडौंमा आयोजनामा गरिएको ‘नयाँ संविधान र नेपालको भावी दिशा’ विषयक विचार गोष्ठी अध्यक्ष वलीले यस्तो बताउनुभएको हो ।

उहाँले सहना प्रधान महिला आन्दोलनको मात्र नभई लोकतान्त्रिक आन्दोलनको पनि प्रभावशाली व्यक्तित्व भएको र उहाँको विचारकोे सबैलाई प्रेरित गरेको धारणा व्यक्त गर्नुभयो ।

????????????????????????????????????

नेकपा एमालेका वरिष्ट नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दक्षिण एसियाकै सर्वाधिक संविधान देशमा जारी भएको बेला समस्याको समाधान हिंसावाट नभई वार्ताबाट गर्न सबैलाई आग्रह गर्नुभयो ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले २०४६ सालको जनआन्दोलन स्मरण गर्दै आन्दोलनको बेला साहना प्रधानले देखाउनु भएको साहसको खुलेर प्रशंसा गर्नुभयो ।

उहाँले नयां संविधान प्रजातान्त्रिक समाजवादको चित्रण भएको र संविधान जारी गर्दा गौरव महसुस गरेको बताउनुभयो ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेकपा एमालेका उपाध्यक्ष विधादेवी भण्डारी , नेकपा एमालेका उपमहासचिव घनश्याम भूसाल लगायतको सहभागिता रहेको थियो ।कार्यक्रमको आयोजन पेशागत महासंघ नेपाल तथा सहना प्रधान प्रतिष्ठानले गरेको हो ।

प्रकाशित मिति २०७२ असोज ६ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: