संसारभरमा ७० करोड महिलाको १८ वर्ष पुग्नु अघिनै विवाहः युनिसेफ


भारतमा एक तिहाई

प्रकाशित मिति :2015-09-24 13:42:01

एजेन्सी

Capture1ललितपुर, असोज ७ । संसारमा ३ जना महिला मा १ जना को विहे १५ बर्ष भन्दा अगाडि हुने गरेको युनिसेफको एक तथ्याकंले देखाएको छ ।  संसारभरमा ७० करोड महिलाको १८ वर्ष पुग्नु अघिनै विहे हुने गरेको छ । यूनिसेफका अनुसार जसमध्ये एक तिहाइ बालविवाह भारतमा मात्रै हुने गर्दछ ।

बालविवाहले महिलालाई शिक्षाको अवसरबाट वन्चित गरी  सानै उमेरमा  गर्भवती  बनेका महिला र बच्चा कै  स्वास्थ्यमा  निकै असर पर्नुका साथै ज्यान जाने जोखम पनि रहने यूनिसेफले जनाएको छ  ।

यसका साथै सानै उमेरमा विवाह गरेका महिलाको यौन शोषण हुने  र घरेलु हिंसाका सिकार बन्ने बढि सम्भावना हुन्छ ।
फोटोग्राफर स्टेफानिया सीनक्लेर एक दशक भन्दा बढी समयदेखि फोटो मार्र्फत बालविवाहकाविरुद्ध सचेतना फैलाउने काम गर्दै आएकी छिन् । १३ वर्ष देखी स्टेफानिया भारत, अफगानिस्तान, ग्यवाटेमाला, यमन, नेपाल र इथीयोपियामा काम गरीरहेकी छिन् ।

स्टेफानियाको उद्देश्य संसारभर बालविवाहविरुद्ध सचेतना फैलाउने र महिलालाई राम्रो अवसर दिनुरहेको छ । उनले “टु यङ टु वीड” भन्ने एनजिओ को स्थापना गरेकी छन् र त्यस मार्फत महिलालाई अवसरहरु प्रदान गर्न मद्दत गर्छिन् ।
स्टेफानिया पहिले द्वन्द्व फोटोग्राफर थिइन्, पछि अफगानिस्तानमा वालविवाहबाट पीडित महिलाले आफूलाई जलाई आत्महत्या गर्ने गरेको भेटेपछि उनी यस क्षेत्रमा प्रवेश गरेकी हुन्।

प्रकाशित मिति :२०७२ असोज ७ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: