यौन कोठीको नारकीय जीवन


प्रकाशित मिति :2015-09-24 13:52:08

विवाह र जागिरको लोभ देखाएर भारत लगिएका धेरै महिलालाई नयाँ दिल्लीको यौन कोठीमा पुर्‍याइन्छ । अनि शुरु हुन्छ उनीहरूको नारकीय जीवन ।

प्रकाश सिंह, बाजुरा (नयाँ दिल्लीबाट फर्केर)

India photo (5) बुटवलकी सरिता श्रेष्ठले तीन वर्षदेखि कहालीलाग्दो जीवन विताइरहेकी छन् । राम्रो आम्दानी हुने जागिरका लागि दलालको भर परेर पैसा कमाउन उनी भारत छिरेकी थिइन् । दलालले यौन व्यवसायमा लगाएपछि मात्रै उनले आफू बेचिएको थाहा पाईन् ।

उनले घर फर्काई दिन आग्रह गरिन् । कोठी मालिकले आफूले किनेको हुनाले  फिर्ता पठाउन नसक्ने भनेर धम्क्याइन । त्यसपछि  ग्राहक खुसी पारेर बस्नु उनको बाध्यता छ । २ वर्षसम्म बन्दक बनाएर यौन शोषणमा परेपछि उनी अहिले बाध्य भएर चुपचाप यो पेशा अगालेर बसिरहेकी छन् । अहिले उनी पुरानो दिल्लीको दिल्ली रेलवे स्टेशन नजिकमा रहेको ‘जीवि रोडमा’ (यौन व्यवसाय हुने ठाँउ) मा छन् । उनी ६४ नम्बरको माथिल्लो तलामा छन् । बन्द कोठामा सजिएर बस्ने र त्याँहा आउने पुरूषलाई ‘सन्तुष्टी पार्नु’ उनको नियमित काम हो ।

दिपक गुरुङ नाम बताउने पुरुषले आफूलाई दिल्ली पुर्‍याएको बताउँछिन् सरिता । सुरुका दिनमा ‘दैनिक पिट्ने, खाना समेत नदिने गरिन्थ्यो । तर पनि रात—दिन जर्बजस्ती यौन क्रियाकलापमा सामले हुनुपथ्र्यो । इच्छा विपरित २ वर्षसम्म पीडा सहि सकेपछि अहिले यो पेशा स्वीकार्न उनलाई सजिलो भएको छ । दिनमा धेरै पुरुषसँग सुत्नुपर्छ । एक पटक यौन सम्पर्क गरेको चार सय भारतीय रुपैयाँ मालिकले लिने र त्यसको २० प्रतिशत रकम आफूले पाउने सहमति छ ।

पाचँथरकी विना मगरको पीडा पनि सरिताको भन्दा कम छैन । ४ वर्षदेखि उक्त कोठीमा यौन शोषणमा परेकी विना विवाह गर्छु भन्दै चिनजानका केटाले  कोठीसम्म ल्याइ पुर्‍याएको बताउँछिन् । बेचिएको भन्ने कुरा घरमा सबैले थाहा पाएकाले अब नेपाल नर्फकने बताउछिन् विना । नेपाल फर्कदाँ झन् अपमान सहनुपर्ने भएकाले अब जेजस्तो भएपनि यही सहेर बस्ने विचारमा छन् उनी ।

रोजगारी पाउने प्रलोभनमा भारत पुगेकी रमा मगर गरिब भएर जन्मेपछि यस्तो समस्या भोग्नु परेको बताउँछिन् । रमाका भनाइमा, सुरुका केही महिना बन्दक बनाएर यातना दिएपनि यौन सेवा दिने काममा समर्थन जनाएपछि  उनलाई कोठीमा ल्याएर राखिएको थियो । कसैले उद्धार गरे नेपाल फर्कन चाहने रमा बन्द कोठमा कैदीभन्दा पनि कष्टकर जीवन बाँच्नु परेको बताउँछिन् ।

भारतका विभिन्न कोठीमा रहेका धेरै नेपाली महिलाले उद्धार गरेमा आफूहरू घर फर्कने बताउँछ । काठमाडौं र पोखराका डान्सवारमा पहिला काम गरेका युवती पनि त्यहाँ आउने ग्राहकको प्रलोभनमा परेर बेचिएका छन् । नेपालका डान्सवारमा पाँच हजारमा काम गर्ने किशोरीहरू दिल्लीमा २० हजार भारतीय रुपैयाँ पाउने प्रलोभनमा परेर भारतका कोठीमा बेचिन पुगेका छन्  ।

जेबी रोडको दृश्य बिचित्रको थियो । बाटोमा हिँडिरहेको पुरुषलाई भारतीय दलाल महिलाले हिन्दी भाषामा यता आउ भाई (इधर आ भाइसाव) भनेर  बोलाउने गरेको सुनिन्छ । रोडमै दलाल महिला पुग्ने र नेपालीलाई लुट्ने समेत गरेको नजिकै चौकिदारी गरिरहेका धन चदाराले वताए ।

दिल्लीमा रहेको यो यौन कोठी बैधानिक छ । जिवी रोडमा मात्रै १० वटा कोठी छन् । एउटा कोठीमा ५ वटा तला रहेका छन् । ६४ र ५८ नम्वर कोठीमा धेरै नेपाली युवती छन् । दुवैमा गरेर करिब ५ सय भन्दा बढि नेपाली रहेको नेपाली जनसम्पर्क समिति करौलावाग क्षेत्रका अध्यक्ष खकेन्द्र बहादुर सिंह वताउँछन् । उनीहरू १६ वर्षदेखि ३० वर्ष सम्मको उमेरका छन् । नजिक रहेको कमला बजारमा ४ वर्षदेखि चौकिदार गरिरहेका अम्म नेपालीको भनाइमा, ‘यी नेपाली महिलाले एक जनासँग यौन सम्पर्क गरेको २ सयदेखि ४ सय भारतीय रुैपयाँ लिने गर्छन् । एक रातको भने २ देखि ३ हजार भारतीय रुपैयाँ लिने गर्छन् । ’

विवाह गर्ने र जागिर लगाइदिने बाहानामा यहाँ ल्याइ पु¥याईएका धेरै किशोरी सुरुका दुई—तीन वर्ष बन्धक बनाईन्छन् । बन्धकबाट केही खुल्ला गराए पनि समाजमा अपहेलित हुने डरले उनीहरू फर्कन नसक्ने अवस्थामा पुग्छन् । सबै भन्दा धेरै बुटवलको सुनौली, विराटनगरको जोगवनी, बिरगञ्जको रक्सौलबाट भारत पु¥याउने गरिन्छ । महेन्द्रनगरको गड्डाचौकी, नेपालगञ्जको रुपडिया, धनगढीको गौरिफन्टा, इलामको पशुपति नगरबाट पनि युवती भारतमा लैजाने गरेको पाईएको छ ।

२ हजार भन्दा बढि यौन व्यवसायी महिला रहेको उक्त कोठीको काउन्टरमा समेत नेपाली कामदार छन् । केही बोले आफूमाथी प्रहार हुने डरले केही बोल्न नसकेको कोठीको काउन्टरमा काम गर्ने एक नेपाली महिलाले वताइन ।

( यो आलेखमा उल्लेखित सबै महिलाको नाम परिवर्तन गरिएको छ ।)
सिहँ बाजुरामा रहेर पत्रकारिता गर्छन्।

प्रकाशित मितिः २०७२ असोज ७ गते बिहीवार
 

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: