हाजिरी जवाफमा गृहिणी महिला प्रथम


प्रकाशित मिति :2015-09-24 15:17:56

महिला खबर 

चितवन, असोज ७ । चितवनमा आमा समूहका महिला बीच हाजिरी जवाफ प्रतियोगिता भएको छ । कालिका एफ.एम तथा टेलिभिजनले बार्षिकत्सवको अवसरमा आमा समूह बीच हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा कोपिला आमा समूह गैडाकोट नवलपरासी प्रथम भएको छ । यो समूहबाट प्रतियोगितामा सहभागी सबै गृहिणी महिला थिए । यस्तै शारदा पाञ्चायन आमा समूह भरतपुर दोस्रो र शिव मन्दिर महिला समूह भरतपुर तेस्रो भएका छन् । प्रतियोगितामा १९ वटा आमा समूह सहभागी भएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि अधिवक्ता फुलमाया रानाभाटले एफ.एम.को प्रसंशा गर्दै भन्नुभयो ‘यस्ता कार्यक्रमले महिलाको बौद्धिक क्षमता बृद्धि हुन्छ ।’ कालिकाका स्टेशन म्यानेजर रिना गुरुङले  यस कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने   बताउनुभयो ।

प्रकाशित मिति २०७२ असोज ७ गते बिहिवार  

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: