सुमित्रा कोइराला
असोज, उदयपुर ७ । ओख्ले गाविस डाँडा गाउँकी एक महिलाले गएराती आफ्नै दुई छोरीको हत्या गरेकी छिन् । ओख्ले गाविसकी २७ वर्षीय सरिता मगरले २ महिने छोरी सोनिया र ४ वर्षीय छाेरी रुष्मा मगरको हत्या गरेको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायक उपरिक्षक दिपक बस्नेतले जानकारी दिनुभयो ।
बुधवार बिहान ४ बजेतिर घरमै सुतिरहेको अवस्थामा चक्कुले हानेर हत्या गरिएको प्रहरी नायव उपरिक्षक बस्नेतले बताउनुभयो । नावालिका छोरीहरूको हत्या गरी फरार सरितालाई प्रहरीले गाउँबाटै पक्राउ गरेकाे बस्नेतले बताउनुभयो ।
प्रकाशित मिति २०७२ असोज ७ गते बिहिवार
Comment Here!