महिलाको आँखाबाट पछिल्ला तीन संविधान


प्रकाशित मिति :2015-09-25 10:01:07

नेपाल अधिराज्यको संविधान २०४७ महिला औधी खुशी हुनुपर्ने संविधान थिएन । अन्तरिम संविधान २०६३  ले महिलालाई पहिचान, सम्पत्तिमा समान अधिकार र सकारात्मक विभेदको नीति ल्यायो । २०७२ सालको संविधानले महिलाका लागि धेरै अवसरको ढोका खोल्यो तर समान हैसियत सुनिश्चित गरेन ।
दुर्गा कार्की

sambhidan_book
लामो समयको पर्खाइपछि नेपालमा जनताको प्रत्यक्ष सहभागितामा बनेको संविधान आएको छ । ऐन नियम आएपछि यो पुर्ण हुने छ । महिला खबर डट कम ले महिलाका विषयमा २०४७ को संविधान, अन्तरिम संविधान २०६३ र नेपालको संविधान २०७२ को तुलानात्मक विश्लेषण गरेको छ । विश्व कै उत्कृष्ट भनेर ५० को दशकमा निकै टिप्पणी हुने गरेको नेपाल अधिराज्यको संविधान २०४७ मा महिलाको सहभागिताको सम्बन्धमा निकै कम मात्रै उल्लेख थियो । महिला भनेर सम्बोधन गरिएका विषय राष्ट्रिय सभामा सहभागी गराउने र  प्रतिनिधिसभाको निर्वाचनमा प्रत्येक दलले पाँच प्रतिशत महिलालाई उम्मेदवारी बनाउने पर्ने मात्रै उल्लेख थियो ।  नागरिकतामा भने आमाको नामै लिईएको थिइएन ।

अन्तरिम संविधानमा महिलालाई पहिचान, सम्पत्तिमाथिको समान अधिकार, सकारात्मक विभेदको नीति मार्फत सहभागिताको व्यवस्था गरियो । तर संख्यात्मक रुपमा सहभागिता सुनिश्चित गरिएन । तर, नयाँ संविधानले महिलाका लागि धेरै ठाउँमा अवसरको ढोका खोलेको छ । राष्ट्र प्रमुख र उप प्रमुख मध्ये एकजना वा भिन्न समुदायको हुनुपर्ने व्यवस्था, व्यवस्थापिकामा एक तिहाई र स्थानीय निकायमा ४० प्रतिशत सहभागिता सुनिश्चित गरेको छ । यति हुँदा हुँदै पनि लामो समयदेखि महिलाले माग गरी आएको पहिचानको अधिकार यो संविधानले पनि दिएन ।

संविधानमा रहेका भिन्नता तलकाे लिङ्कमा गएर हेर्न सक्नुहुनेछ।

२०४७, २०६३ र २०७२ का संविधानमा रहेका भिन्नता

प्रकाशित मिति :२०७२ असोज ८ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: