नगरपालिकाभित्र स्वास्थ्यचौकी नै छैन


प्रकाशित मिति :2015-09-25 14:43:16

महिला खबर 
बझाङ, असोज ८ । बझाङको जयपृथ्वी नगरपालिका सुइल मयाँनामा स्वास्थ्य सेवा नहुँदा सुत्केरले ज्यान गुमाउँदै आएका छन् ।

नगरपालिका भित्रै पर्ने भए पनि स्वास्थ्य लगायतका आधारभूत सुविधा लिन ६ घण्टा पैदल हिडेर सदरमुकाम आउनु पर्ने बाध्यता छ । सदरमुकाम चैनपुरबाट झण्डै ६ घण्टाको दूरीमा रहेको यो वस्तीमा कुनै पनि स्वास्थ्य संस्था छैनन् । यस ठाउँमा स्वास्थ्य, बिजुली, टेलिफोन, खानेपानी, सडक सेवा लगायतका कुनै पनि सेवा छैनन् ।

गत आर्थिक वर्ष भित्र मात्रै गर्भवतिले उपचार नपाउँदा तीन जनाको ज्यान गएको मयाँना निवासी राजेन्द्र बहादुर धामीले बताउनुभयो ।
२०७२ साउन १५ गते स्वास्थ्य उप–समितिको बैठले जयपृथ्वी नगरपालिकाको सिफारीसमा जिल्ला स्वास्थ्य कार्यलयसँग उपस्वास्थ्य चौकिको माग गर्ने निर्णय गरिएको भएपनि हालसम्ममा त्यो प्रक्रियामै छ ।

 उपस्वास्थ्य चौकिको माग गर्दै बैठकमा ५६ जनाको हस्ताक्षर गरेका थिए । नगरपालिकाकका कार्यकारी सन्त बहादुर सुनारले उपस्वास्थ्य चौकी नभएपनि प्रसुति गृह ( बर्थिङ सेन्टर ) राख्न पहल भैरहेको जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७२ असोज ८ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: