थप अधिकारका लागि लड्न दलितलाई सञ्चारकर्मीको सुझाब


प्रकाशित मिति :2015-09-25 15:36:41

महिला खबर

काठमाडौं, असोज ८ । नयाँ संविधानमा समेटिएका दलित हक, अधिकारलाई संस्थागतगर्दै थप अधिकारका लागि लड्नु पर्नेमा सञ्चारकर्मीले जोड दिएका छन् ।

दलित महिला संघद्वारा आयोजित ‘नयाँ संविधानमा समेटिएका दलित तथा दलित महिलाका सवाल र कार्यान्वयनमा सञ्चारको भूमिका’ विषयक अन्तरक्रियामा सहभागि सहभागी विभन्न सञ्चारमाध्यममा क्रियाशील सञ्चारकर्मीले यस्तो धारणा राखेका हुन ।

कार्यक्रममा संघका अध्यक्ष दुर्गा सोबले संविधानमा दलित समुदायका लागि उच्चशिक्षासम्म निःशूल्क अध्ययनको व्यवस्था, मौलिक हकमा दलितको हक, प्रस्तावनामा जातपात छुवाछूत लगायका विभेदको अन्त्य, राष्ट्रिय दलित आयोगलाई संवैधानिक बनाइने लगायतका अधिकांश विषय समेटिएको भन्दै यसलाई आत्मसाथ गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले समग्रमा संविधान समावेशी चरित्रको आएपनि अझैपनि दलित समुदायले आन्दोलन मार्फत उठाएको मुख्य मुद्दा केन्द्रमा ३, संघमा ७ र स्थानीय निकायमा १० प्रतिशत क्षतिपूर्ति सहितको राजनीतिक प्रतिनिधित्वको सुनिश्चितता नभएको भन्दै यसलाई अबको संशोधन मार्फत सम्बोधन गर्न राजनीतिक दलको शीर्ष नेतृत्वसंँग माग गर्नुभयो ।

प्रकाशित मिति २०७२ असोज ८ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: