महिला खबर
बागलुङ, असोज ९ । आफ्नो घरमा डेरा गरी बस्ने महिलालाई जबरजस्ती करणी गरेको आरोपमा बिहीबार बागलुङमा एकजना घरधनी पक्राउ परेका छन् । बागलुङ नगरपालिका गुठीस्थित डम्बरबहादुर खत्रीको घरमा डेरा गरी बस्ने वर्ष २२ की एक महिलालाईलाई घर धनी खत्रीले बुधबार दिउँसो जवरजस्ती गरेको आरोप लागेको छ ।
जवरजस्ती करणीको आरोप लागेका घरधनी खत्रीलाई नियन्त्रणमा लिई अनुसन्धान अघी बढाईएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता एवं प्रहरी निरीक्षक अरुण कुमार भण्डारीले जानकारी दिनुभयो ।
पीडित महिला विगत ५ महिनादेखि खत्रीको घरमा भाडामा कोठा लिएर बस्दै आएकी थिईन् । पिडित महिलाले जाहेरी दर्खास्त दिएपछि आरोपि खत्रीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको प्रहरीले निरिक्षक भण्डारीले जानकारी दिनु भयो ।
प्रकाशित मिति २०७२ असोज १० गते आइतवार
Comment Here!