सबै भन्दा राम्रो व्यापार चटपटे र पानीपुरीको


प्रकाशित मिति :2015-09-27 13:15:16

ज्ञानु पंगेनी

नवलपरासी , असोज १० । नवलपरासीमा पछिल्लो समय चटपटे र पानीपुरीको व्यापार महिलाको राम्रो आम्दानीको श्रोत बनेको छ । केही समय पहिले पुरुषले मात्रैगर्दै आएको यो व्यापार पछिल्लो समय महिलाले पनि अंगालेका छन् । थोरै लगानीमा धेरै फाईदा हुनेहुँदा पानीपुरी र चटपटेको व्यापार गर्नेमा महिलाको संख्या बढेको हो ।

नवलपरासीका विभिन्न बजार होस वा गाँऊ सबै ठाँउका चोकहरूमा ठेला र सटरमा चटपटे र पानीपुरी बेच्ने महिला देख्न पाईन्छ । त्यतिमात्रै होईन , विद्यालय आसपास , हाटबजार , र गाँउगाँउमा ठेला गुडाउँदै महिला चटपट र पानीपुरी बेच्न व्यस्त हुन्छन् ।

जिल्लाको कावासोतीमा पनि चटपटे र पानीपुडी बेच्ने महिलाको संख्या दिन प्रतिदिन बढिरहेका छन् । कावासोतीको बजार क्षेत्रका चोक हुन वा भित्री स्थानका चोक हुन अहिले चटपट र पानीपुरी बेच्ने पुरुष भन्दा महिलानै धेरै देखिन्छन ।
IMG_9663 - Copy
स्याङजा स्थाई घर भई हाल कावासोती सभापति चोकमा चटपटे र पानीपुरी बेच्दै आउँनु भएकी अम्विका वस्तीले आफ्नो ५ जनाको परिवार यही व्यवसायबाट चलाउँदै आउनु भएको छ ।

एक वर्षदेखि चटपट पानीपुरी बेच्दै आउँनु भएकी उहाँले आफ्ना २ जना छोरी र एउटा छोराको पढाई खर्चदेखि सम्पुर्ण घर खर्च चटपटे पानीपुरीबाट निकाल्दै आउनु भएको छ । त्यतिमात्रै हाईन उहाँले दैनिक रुपमा एक सय रुपैयाँ बचत गर्ने गरेको बताउनुभयो ।
वस्तीले भन्नुभयो ‘रोजगार भने जस्तो पाईदैन । ठूलो व्यवसाय गर्न धेरै लगानी चाहिन्छ । पानीपुरी र चटपटेमा कम लगानीबाट धेरै फाइदा हुन्छ ।’

यस्तै कावासोती ८ कालीगण्डकी निवासी माया सुवेदी पनि तिन वर्षबाट चटपटे र पानीपुरी बेच्दै आउनु भएको छ । उहाँको घरपरिवार यहि व्यापारको भरमा चलिरहेको छ । छोराछोरीको पठाईदेखि सबै यहि व्यापारले धानेको उहाँ बताउनुहुन्छ ।

उहाँले भन्नुभयाे ‘श्रीमानसँगै चटपटे पानीपुरी बेच्छु । सुरु सुरुमा त लाज लाग्थ्यो तर, अरु ठूलो व्यापार व्यवसाय गर्नलाई लगानी लगाउने अवस्था थिएन बाच्न त परयो त्यसैले दुवैजना मिलेर यहि व्यापार गरेका छौ अहिले त धेरै राम्रो छ मासिक १० हजार सम्मको नाफा हुन्छ बचत पनि गर्छु ।’

IMG_9571

यस्तै कावासोतीको सामथ्र्यचोकमा चटपट बेच्दै आउनुभएकी विष्णु कंडेलले दिनको ३ देखि ५ सय रुपैयाँसम्म नाफा हुने गरेको बताउनुहुन्छ । चटपट र पानीपुरी बेचेरै खरखर्च कोठाभाडा चलेको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ ‘ श्रीमान वैदेखिक रोजगारीमा जानुभएको छ । श्रीमानले कमाई सबै जम्मा गरेर राखेको छु । मैले कामएकोले घरखर्च चल्छ ।’

यसैगरी देवचुली नगरपालिकाको केउरेनी चोकमा ठेला लिएर विगत २ वर्षबाट चटपट र पानीपुरी बेच्दै आउनुभएकी ४५ वर्षकी जानकी पुरीको भने प्रसंग अहिल फरक छ उहाँको दुई छोरा विदेश छन् । बुहारीहरू पनि काम गर्छन् तर, उहाँले चोकमा ठेलामा चटपट र पानीपुरी बेच्नुहुन्छ ।

आम्दानीको श्रोत नभएर भन्दा उहाँ घरमा दिनभर त्यतिकै बस्नुभन्दा समय बिताउनका लागि यो व्यापार गर्दै आएको बताउनुहुन्छ ।
उहाँको यही व्यापारबाट महिनामा १० /१२ हजारसम्म आम्दानी हुन्छ ।

प्रकाशित मिति २०७२ असोज १० गते आइतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: