महिला खबर
पोखरा असोज, १० । नेपाल हवाई खेलकुद संस्था (ना) पोखराको आयोजनामा अन्तर्राष्ट्रिययस्तरको हिमालयन एयर महोत्सव गरुढा फन २०१५ मा पाँच जना नेपाली महिला पाइलटले भाग लिएका छन् । शनिवारदेखि सुरुभएको हिमालयन एयर महोत्सवमा ५५ जना पाइलटको सहभागिता रहेको छ ।
विश्व पर्यटन दिवसको अवसरमा आयोजना भएको अन्तर्राष्ट्रियस्तरको महोत्सवमा नेपाल सहित ८ राष्ट्रका प्याराग्लाईडीङ, अल्ट्रा लाइट र पावर प्याराग्लाईडीङ (प्यारा मोटर) का पाइलटहरूको सहभागिता रहेको नेपाल हवाई खेलकुद संस्थाले जानकारी दिएको छ ।
महोत्सवमा ५ जना नेपाली महिला पाइलट सहित ५५ जनाले सहभागिता जनाएको प्रतियोगितामा भारत, चाइना, रसिया, फ्रान्स, स्लोभाकिया, उजीकिस्तान, ईटली लगायतका राष्ट्रका प्याराग्लाईडीङ, अल्ट्रा लाईट र पावर प्याराग्लाईडीङ (प्यारा मोटर) का पाईलटहरू रहेका कार्यक्रम संयोजक नतासा श्रेष्ठले बताउनुभयो ।
नेपाल भूकम्पपछि सामान्य जनजीवनमा फर्किएको र पर्यटकीय गन्तव्य सुरक्षित रहेको सन्देश विश्व सामु दिन महोत्सवको आयोजना गरीएकोे महासचिव वसन्तराज दवाडीले जानकारी दिनुभयो । महोत्सव आज सकिदैछ ।
प्रकाशित मिति २०७२ असोज १० गते आइतवार
Comment Here!