३९ बुदाँ संशोधनका लागि व्यवस्थापिकामा लैजाने


प्रकाशित मिति :2015-09-27 14:37:54

कविता श्रेष्ठ
काठमाडौं,असोज १० । नयाँ संविधानमा महिलाको लागि व्यवस्था गरिएका अधिकारलाई कार्यन्वयनमा जोड दिनुपर्ने सरोकारवालाहरूले बताएका छन् ।
अन्तर पार्टी महिला सञ्जालले काठमाडौंमा आयोजना गरेको नेपालको संविधानमा भएका महिला हक अधिकारसँग सम्बन्धित व्यवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश व्यक्ताहरूले यस्तो बताएका हुन ।

कार्यक्रममा जनक चालिसेले ५१ प्रतिशत महिलाका विषयलाई संविधानमा लिपिबद्ध गर्न ३९ बुदेँ महिलाका माग संशोधन गरिनु पर्ने बताउनुभयो ।  उहाँले कार्यपत्र प्रस्तुत गर्नै मौलिक हकमा धेरै अधिकार सुनिश्चित गरेता पनि महिलाका मुख्य मुद्दा भने संविधानबाट कटौती गरिएको बताउनुभयो ।

सीता नेपालीले संविधान कयौं चुनौतिका बीचबाट जारी भएकोले महिलाको अधिकार सुनिश्चित गर्न निरन्तर संघर्ष आवश्यक रहेको बताउनुभयो ।

राप्रपाका नेता आनन्दी देवी पन्तले ३९ बुदेँ संशोधन प्रस्तावलाई फेरि व्यवस्थापिकासम्म लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष शशी श्रेष्ठले महिला अधिकारसंग सम्बन्धित उपलब्धीहरू महिला नेताहरूको संघर्षको परिणाम भएको बताउनुभयो ।

प्रकाशित मिति २०७२ असोज १० गते आइतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: