जेहेन्दार छात्रालाई साइकल उपहार


प्रकाशित मिति :2015-09-27 15:54:54

महिला खबर 

नेपालगन्ज, असोज १० । शिक्षामार्फत महिला सशक्तिकरणका लागि बाँके कोहलपुर रझेनाका रामकली चौधरी र पुष्पा रोकालाई साइकल प्रदान गरिएको छ । बाँकेको लक्ष्मी उच्च मावि, बर्दहवामा अध्ययनरत उनीहरूलाई माइती नेपाल बाँकेले साइकल प्रदान गरेको हो ।

माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले परिकल्पना गरेको ‘शिक्षा र सशक्तिकरणका लागि साइकल’ शीर्षक अन्तर्गत लक्ष्मी उच्च माविका यी दुई छात्रालाई साइकल दिइएको थियो । गरीव, जेहेन्दार छात्रालाई पढाईमा सहजताको लागि साइकल दिईएको हो ।

साइकल उपहार पाएकी रामकली आठ कक्षाकी प्रथम विद्यार्थि हुन भने पुष्पा दश कक्षामा पढ्छिन् । पढाईमा अब्बल र जेहेन्दार भएकाकारणले स्कूल र माइती नेपालले यी दुईलाई छनौट गरेको थियो ।

‘शिक्षा र सशक्तिकरणका लागि साइकल’ शीर्षकमा माइती नेपालले बाँकेका अन्य विद्यालयमा पनि छात्राहरूलाई साइकल बाँड्ने कार्यक्रम रहेको माइती नेपाल बाँकेका संयोजक केशवराज कोईरालाले जानकारी दिनुभयो । स्कुलदेखि टाढा घर भएका, टाढा कोचिङ/ट्यूसन जानुपर्ने, जेहेन्दार, गरीव छात्रालाई साइकल दिएको उहाँको भनाईछ ।

बाँके सँगसँगै बर्दिया, सुर्खेत र दाङ जिल्लामा पनि यो कार्यक्रम लागु गरिने लक्ष्य रहेको माइती नेपाल नेपालगन्जका संयोजक कोइरालाले जानकारी दिनुभयो । कोइरालाले भन्नुभयो–‘साइकल बाँड्ने अभियान छात्राको पढाईप्रति हौसला बढाउनु नै हो ।’

मानव बेचबिखन तथा ओसारपसारविरुद्धमा काम गर्दै आएको माइती नेपालले विद्यालयहरुमा शिक्षक, विद्यार्थीलाई बेचबिखनविरुद्ध तालिम, प्रशिक्षण दिएर समूदायस्तरमा मानव बेचबिखनविरुद्ध गतिबिधि गर्दै आएको छ ।

प्रकाशित मिति २०७२ असोज १० गते आइतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: