ज्ञानु पंगेनी
नवलपरासी, असोज ११ । थारु समूदायको अनत पर्वको अवसरमा नवलपरासीको देउरालीमा महिला दौड प्रतियोगिता भएको छ । खेल प्रति महिलाको सहभागिता वृद्धि तथा महिलाको आत्मवल बढाउने उदेश्यले पर्वको अवसरमा दौड प्रतियोगिताक आयोजना गरिएको थारु रिडर क्लब देउरालीले जनाएको छ ।
विवाहित तर्फ १ सय मिटर दौडमा ईश्वरी महतो प्रथम , नानु महतो द्वितीय , सावित्री महतो तृतीय र निरमाया महतो सान्तवना हुनु भएको छ । एक सय मिटर दौडमा १९ जना विवाहित महिला सहभागि भएका थिए ।
यस्तै अविवाहित महिलाको २ सय मिटर दौडमा मिना महतो प्रथम , बाल कुमारी महतो द्वितीय , लिल कुमारी महतो तृतीय र देउ कुमारी महतो सान्तवना हुनुभएको छ । यसमा १७ जना सहभागि भएका थिए ।
प्रतियोगितामा प्रथम हुनेलाई ६ वटा सावुन , द्वितीय ४ वटा, तृतीयलाई २ वटा र सान्तवना हुनेलाई एउटा साबुन पुरस्कार स्वरुप प्रदान गरिएको थियो ।
प्रकाशित मिति २०७२ असोज ११ गते सोमवार
Comment Here!