महिला खबर
काठमाडाै,असोज ११ । तराईमा जारी आन्दोलनबाट महिला तथा बालबालिकामाथि ठूलो असर परेको महिला सुरक्षा दवाव समूहले जनाएको छ । समूहले विज्ञप्तिस जारीगर्दै आन्दोलनमा भैरहेको हत्या, हिंसा, तोडफोड, आगजनिले महिला, बालबालिका, अशक्त तथा जेष्ठ नागरिकहरूको दैनिक जीवनमा कठीनाई भैइरहेको दाबी गरेको छ ।
महासचिव इरादा गौतमद्वारा जारी विज्ञप्तिथमा किशोरीहरू लक्षित अपराध बढ्ने खतरा देखिएको भन्दै जातिय, क्षेत्रिय, धार्मिक एवं साँस्कृतिक सद्भाव बिखण्डन हुने कुनै पनि क्रियाकलाप नगर्न आन्दोलनकारीलाई आग्रह गरेको छ ।
समूहले आन्दोलनकारीले आफ्ना मुद्दालाई शाान्तिपूर्ण तरीकाले वार्ता र संवादको माध्यमबाट बाट हल गर्न अनुरोध समेत गरेको छ । साथै समूहले भारतले गरेको अघोषित नाकाबन्दीको बिरोध गर्दै यस्ता कार्यक्रम नगर्न भारतीय सरकारलाई चेतावनी दिएको छ ।
प्रकाशित मिति २०७२ असोज ११ गते सोमवार
Comment Here!