भदाैंमा १८ जना किशोरी र महिला बलात्कृत


प्रकाशित मिति :2015-09-28 15:03:24

महिला खबर

Untitledकाठमाडाैं, असोज ११ । सञ्चारिका समूह नेपालले भदौं महिनामा गरेको सञ्चार अनुगमनबाट १८ जना किशोरी तथा महिलाको बलात्कार भएकोे देखाएको छ । समूहले भदौं महिनाको १ देखि ३१ गतेसम्म १७ वटा राष्ट्रिय दैनिकमा गरेको अनुगमनले यस्तो देखाएको हो ।

अनुगमनको क्रममा बलात्कारसंग सम्बन्धित ७३ वटा समाचार सामाग्री प्रकाशित भएको समूहका सचिव विमला तुम्खेबाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

भदौंमा भएका ९ वटा हत्याका घटना सम्बन्धी २३ वटा समाचार सामग्री प्रकाशित भएका थिए ।

बोक्सी आरोपको सम्बन्धी एउटा घटनाको ३ वटा समाचार सामग्री प्रकाशित भएका थिए । यौन दुव्र्यवहारका ३ वटा घटना भएका थिए भने १४ वटा समाचार सामग्री प्रकाशित भएका थिए ।

यसैगरी बहुविवाहका ४ वटा समाचार प्रकाशित भएका थिए भने घरेलु हिंसाका ३ वटा घटनाको १६ वटा समाचार सामग्री प्रकाशित भएको तुम्खेवाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

भदौमा नै स्वास्थ्य अधिकारहनन्का ७ वटा घटना र ७६ वटा समाचार सामग्री प्रकाशित भएको अनुगमनले देखाएको छ ।

मानव बेचबिखन सम्बन्धी ६१ र राजनीतिक अधिकारहनन् सम्बन्धी ४६ समाचार, विचार तथा सम्पादकीय छापिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै परम्परागत र धार्मिक हिंसा सम्बन्धी २४ वटा समाचार सामग्री प्रकाशित भएको  पाइएको छ ।

अनुगमनका क्रममा काठमाडौंबाट प्रकाशित हुने कान्तिपुर, नागरिक, नयाँ पत्रिका, गोरखापत्र, हिमालय टाइम्स्, कारोबार, राजधानी, अन्नपूर्ण पोष्ट, नेपाल समाचारपत्र, कमाण्डर पोष्ट, सौर्य दैनिक, नेपाली दैनिक तथा द काठमाडौं पोष्ट, रिपब्लिका, द हिमालयन टाइम्स, र द राइजिङ नेपाल समेटिएको विज्ञप्ति जनाइएको छ ।

प्रकाशित मिति :२०७२ असोज ११ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: