महिला खबर
इङ्ल्यान्ड ,असोज ११ । राष्ट्रिय स्वास्थ्य सेवाले अप्रिल र जुन महिनामा एक हजार भन्दा बढि एफजिएम (Female Genital Mutilation) का घटना फेला पारेको कुरा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको रिर्पोटमा ९ वटा घटना १८ वर्ष मुनिका बालिकको रहेका छन् ।
इङ्ल्यान्डमा एफजिएमलाई गैरकानुनी मानिन्छ । रिपोर्टमा यी सबै घटना इङ्ल्यान्डमै गरिएका हुन वा बाहिर देशहरूमा भन्ने कुरा स्पष्ट पारिएको छैन ।
एफजिएम भन्नाले उपचारको क्रममा बाहेक महिलाको यौनाङ्ग आधा वा पूर्ण रुपमा काटेर फाल्ने वा सिलाउने गरिन्छ । जसले गर्दा महिलालाई अधिक पीडा हुने , घाउ हुने , गर्भधारणमा कठिनाई हुनुका साथै महिलाको मृत्यु पनि हुनसक्ने सम्भावना रहने कुरा अनुसन्धानले देखाएको छ ।
एफजिएमका पीडित महिला आफैले रिर्पोट गरेको राष्ट्रिय स्वास्थ्य सेवाले जनाएको छ ।
एफजिएमबाट कति महिला पीडित छन् भन्ने तथ्य अझै स्पष्ट हुन सकेको छैन ।
समाजले उनीहरूलाई हेर्ने खराव दृष्टिकोणको कारण खुलेर भन्न नसक्दा धेरै घटना बाहिर आउन सकेका छैनन् ।
प्रकाशित मिति: २०७२ असोज ११ गते सोमवार
Comment Here!